यी घटनाहरू नघटेको भए आज पनि रबि लामिछाने अमेरिकाको कुनै सबओयमा काम गरिएको हुन्थ्यो (भिडियो सहित)

स्कटनेपाल युके,

धेरैको परिवार बनाएका बहुचर्चित सञ्चारकर्मी रवि लामिछाने स्वयमको घर भने राम्रोसँग अघि बढ्न नसकेको रहस्य उनले खोलेका छन् । रविले पत्नी ईशासँग करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध टुंग्याएका छन् । ईशासँग रविले केही दिनअघि मात्रै डिभोर्स गरेको कुरा आँफैले फेसबुकमा लेखेका छन् । रवि र ईशाका दुई छोरी छन् । दुबै छोरीको जिम्मेवारी आफूले लिएको रविको भनाइ छ ।

‘मैले आफ्नी पूर्वपत्नीसहित आफ्ना सन्तानलाई अमेरिकाजस्तो देशमा आफू नेपाल बसेर सम्पूर्ण आफ्नो जायजेथा सुम्पेर, अझै अमेरिका बस्दाको पुरै व्यवस्थापन यतिबेलासम्म पनि गर्दै आएको कुरा रविले आफ्नो फेसबुकमा लेखेका छन् । आफ्नो निजी जीवनलाई लिएर बदनाम गर्ने प्रयास भएको समेत आरोप लागीरहेका बेला उनले आफ्नो भित्री दुख र अप्ठ्यारो बाहिर ल्याउँदै फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफ्नो वैवाहिक जीवनका बारेमा बताएका छन् । यसै कुरालाइ नियाल्दै अमेरिका बाट महेश भट्टराईले आफ्नो फेसबुक मार्फत रबि लामिछानेको लागी एउटा स्टाटस लेखेका छन ।

रबि भगवान होइनन !
चाहेको भए यी कुराहरू पहिला नै लेख्न सक्थे । किनकी यो कुनै नौलो कुरा होइनन मेरा लागि । हामी बाल्टीमोरबासीहरू धेरैलाई थाहा भएको कुरा हो ।
मैले रबिको बारेमा कबिता र भिडियो बनाउदा कति बाल्टिमोरबासीले कुरा काटे यहि कुरा गरेर ! तर मैले भने “कसैको ब्यक्तिगत जिबन भन्दा उसले समाज र देश लाई के दियो भन्ने कुरा महत्वपूर्ण हुन्छ।” कसैलाई मुल्याकन गर्दा आफ्नो निजि स्बार्थ, लाभ र कुन्ठाबाट माथि उठेर गर्न सक्नु पर्छ ।
बाकी भिडियोमा सुन्नुहोस :