रबिले खोले सबै रहस्य ! पुर्व पत्नीको षड्यन्त्र यस्तो रहेछ रबिलाइ सिध्याउने ! (मार्मिक भिडियो सहित)

स्कटनेपाल युके,

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । त्यती मात्र कहाँ हो र उनी पछिल्लो समयमा समाजसेवीको काममा पनि उत्तिकै अग्रसर भएर अगाडी बढेका छन्। केहि समय अगाडी रबी लामीछाने लगायत न्युज२४ नेपाल टिमको महान कालिकोटमा रास्कोट अस्पताल बनाउने अभियानमा साथ दिने नेपालीहरुको लागी गायक निलमणी भण्डारीले रबि लामिछाने टिमहरुको सम्मानमा एउटा यस्तो हृदयविदारक गितको रचना गर्नु भएको छ । जुन गीतको बोलछ ‘रास्कोट अस्पताल’ यस गितमा लय शब्द रचनाकार आफै निलमणी भण्डारी हुनुहुन्छ भनी स्वरमा आफै नीलमणी भण्डारी लगायत मुना श्रेष्ठ र प्रमीला राईले सहयोग पुराउनु भएको छ। त्यस्तै मादलमा शुकदेव तामाङले साथ दिनु भएको छ भनी बाँसुरीमा बहु प्रतिभाशाली प्रेम किरण राईको मिठो धुन रहेको भिडियो पनि तल हेर्न सक्नु हुन्छ ।

सुक्रबार एक बिहानै रबि लामिछानेज्युले एउटा मार्मिक स्टाटस आफ्नो फेसबुकको भितामा लेख्नु भएको जानकारी अहिले सामाजिक संजाल भरी भाइरल भएको छ त्यही बिषय बस्तुलाइ समेटेर स्कटनेपाल मिडिया प्रालीले उहाको स्टाटसलाइ भिडियोमा कन्वर्ट गरि दर्शक हरुको सामु पुराउने कोशिस गरेको छ हेर्नुहोस यो भिडियो :

श्रीमान, म जीउँदै छु…
नचाहदा नचाहदैपनि आफ्नो ब्यक्तीगत कुरा गर्नु पर्यो। मलाई पाईलै पिच्छे लडाउन,देश बाटै निकाला गर्ने लगायतका प्रयास बिफल भएपछि अब मेरो निजि जिवनमा प्रवेश गर्ने प्रयास हुदै रहेछ। लामो समय सम्म बैचारिक लडाइ लड्दै अलग अलग बसेको र पछी कानुनी रुपमा नै अलग भएको मेरो बैवाहिक सम्बन्धलाई लिएर ठुलै खोजी चालिरहेको थाहा पाएपछि बाध्य भएर आफ्नो नितान्त निजि जीवन बारे लेख्न बाध्य भएको छु। मेरी पुर्व पत्नीलाई प्रयोग गरि मेरो वास्तविक रुप अर्कै हो भन्ने प्रमाणीत गर्न दिन रात लाग्नु हुने साथीहरुलाई मैले पहिलापनि भनेकै थिए कि टाईम खर्च गर्नै पर्दैन, सिधै मलाई सोध्नुहोस, मै बताईदिन्छु सबै कुरा। मलाई खोक्रो आदर्श र झुठो जिन्दगी बाच्नु छैन र म त्यति आदर्शवान मानिसपनि होइन। मैले करिब २४ वर्ष अगाडि सानै उमेरमा बिवाह गरेको थिए र हालसालै मेरो सम्बन्ध बिच्छेदपनि भैसकेको छ। तर बर्षौ सम्म मतभेद, अलग बसाइ र बोलचाल समेत नभएपछि राजी खुशीले आफ्ना सबै अधिकार लिएर म सङ सम्बन्ध बिच्छेद गरेकी पुर्व पत्निले आफू म बाट अन्यायमा परेको र मेरो कर्तुत सर्वजनिक गर्नु पर्यो भनेर केही पत्रकारलाई सम्झिछ्न।लगभग २४ वर्ष अघि भएको बिवाहमा आएका अनेकौं घुम्तीलाई बजारमा लिलाम गर्ने उनको मनशाय आफ्नै मगजको उपज हो वा कसैबाट प्रयोजित हो त्यो म जन्दिन तर कसै कसैले “रबिको कर्तुत” वा “रबिको असलीरुप” जस्ता शीर्षक “रेडि टु पब्लिस” अवस्थामा राखेको थाहा पाएकोले उहाँहरु सबैको काम सजिलो पार्दै म आफै आफ्ना कर्तुतहरु कबुल गर्दैछु।
अमेरिका मै छदा म परिवार भन्दा अलग बस्ने गर्थे।सम्बन्ध सुधार गर्ने मेरो बारम्बारको प्रयास असफल भएपछि म एक बिदेशी प्रेमिका सङपनि बसेको थिए ।

रबि लामिछानेको अभियानमा सपोर्ट गर्दै यो गित पनि हेर्नुहोला :