लोकप्रिय गायक बद्री पंगेनी र स्वस्तिका तिमिल्सिनाको आवाजमा “गुन्द्रीमा दरि”बजारमा

लगनको महिना, बिहेको चटारो छोप्दै चर्चित लोक गायक बद्रि पंगेनी र गायिका स्वस्तिका तिमिल्सिनाको स्वरमा पन्चेबाजा गीत “गुन्द्रीमा दरि” बजारमा आएको छ । परम्परागत बिहेमा आफन्त संग केटि हेर्न जाने र केटि संग एकान्तमा कुरा गर्ने त्यसपछि मनका कुरा आपसमा र आफन्त संग सुनाउने परम्पराको निरन्तरता जस्तो लाग्ने गीत निकै कर्णप्रिय बनेको छ । प्रेम बिबाह र भागि बिबाह समाजमा हावी हुदै गईरहेको अवस्था हेर्दा ‘मागी बिबाह’ लोपोन्मुख हुदै जाने अवस्थालाई मध्यनजर राख्दै त्यस्तो मागी बिबाहको बेलामा हुने केटा र केटि दुबैको मन भित्रको कुरा गीतमा दर्शाउन खोजिएको छ ।

चर्चित गीतकार एकनारायण भण्डारीले लेख्नुभएको गीतका हरेक अन्तराहरु रोमान्टिक छन् । संगीत सरल र कर्णप्रिय छ । आशिष अविरलले संयोजन गरेको बाद्यावादन उत्कृष्ट बनेको छ ।

भिडियो तर्फ अमेरिका बाट भर्खरै फर्केर निर्देशनमा ब्यस्त हुन थालेका अग्रज निर्देशक शंकर बिसीले भिडियोलाई उत्कृष्ट बनाउन मेहनत गरेका छन् । दुर्गा पौडेलको क्यामरा कमाल गज्जप देखिन्छ । नबिन घर्ति मगरको एडिटिंग र रंगले भिडियो लाई नौमती मय बनाएको छ ।
भिडियोमा निर्देशक शंकर बिसी, चर्चित मोडल द्वय महेन्द्र गौतम र रश्मि तामांगले कम्मर मर्काएर छमछमी नाचेका छन् । भिडियोको अन्तिममा रमाइलो शुटिंग रिपोर्ट समेत जोडिएकोले झन् रमाइलो भएको छ । समग्रमा विवाहको मौसम पारेर बजारमा ल्याएको यो भिडियो नेपाली लोक स्वाद बोकेर आएको छ । भिडियोलाई बद्रि पंगेनीको निजि युट्युब च्यानलबाट सार्वजानिक गरिएको छ ।