मेरीबास्सैका प्याकुली र ठ्यासकुमारीको कमेडीले हाँस्दा हाँस्दा हैरान (भिडियो)

पोखराको लेखनाथ महोत्सवमा मेरीबास्सैका ठ्यासकुमारी र प्याकुलीले आफ्नो प्रस्तुती दिएका छन् । चर्चित नेपाली हास्य टेलिश्रृङ्खला मेरी बास्सैमा दारीबा की छोरीको भूमीका निर्वाह गरेकी ठ्यास कुमारी र बल्छी धुर्बेको दिदीको भूमीकामा रहेकी प्याकुलीले आइृतबार लेखनाथमा दर्शकलाई मर्नेगरी हसाए ।
बिशेषत सुनिरहेका चुटकीलाई नाटकीय रुपमा प्रस्तुत गरेका उनीहरुले दर्शकलाई भरपुर मनोरंजन दिए । निर्मला बलत्कार पछि हत्या भएको पाँच महिना भईसक्दा पनि प्रहरीले बलत्कारी पत्ता लगाउन नसकेको बिषयलाई समेत उनीहरुले उठान गरेका थिए । पुषको ५ गतेबाट १६ गते सम्म चलेको महोत्सवको पनि महोत्सव भनिएको लेखनाथ महोत्सवमा मनोरंजनका बिबिध पक्षहरु समेटिएका थिए । हेरौं यो बिशेष प्रस्तुती