लुम्बिनी–कपिलवस्तु विस्व अभियानद्धारा दशौं बार्षिकीमा रक्तदान

लुम्बिनी–कपिलवस्तु दिवस अभियानको दशौं बार्षिकी अभियानको संयोजनकारी भूमिकामा गत बर्ष जस्तै यो बर्ष पनि मेलबर्नको वैरबीमा रक्तदान कार्यक्रम आयोजना गरी मनाइएको छ । अस्ट्रेलियामा अभियानको बार्षिकी यसरी रक्तदान गरी करीब एक महिनासम्म मनाउने पूर्व जानकारी अनुरुप केही हप्ता अघि जिलोङमा पनि रक्तदान गरिएको थियो भने आगामी हप्ता पनि यस्लाई निरन्तरता दिइनेछ ।

कार्यक्रममा अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ, एनआरएन भिक्टोरियाका उपसंयोजक डा उगेन्द्र रेग्मी, इटिसी इन्स्टिच्युट अस्ट्रेलियाका निर्देशक डा शंकर ढकाल, मेलबर्न नेप्लिज कम्युनिटी वेष्ट (एमएनसी वेस्ट) का अध्यक्ष शंकर थापा, बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सीका निर्देशक बिष्णु सापकोटा, साहित्यकार एबं पत्रकार सुशिल चालिसे, सेभेन एपिक इण्टरटेनमेण्टका निर्देशक राज अधिकारी आदिको उपस्थिति थियो ।

वुद्ध जन्मनु भएको सबैभन्दा राम्रो प्रमाण अशोक स्तम्भ सयौं बर्ष हराइरहेकोमा खडग सम्शेरले पत्ता लगाएको भए तापनि अन्तरराष्ट्रिय जगत सामू सार्वजनिक गर्ने काम १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले गरेका आधारमा यस दिनलाई अभियानले २००९ देखि उत्सबको रुपमा मनाउने गर्दै आएको छ । २००९ मा नक्कली कपिलवस्तुको बिरोध गर्ने कामबाट शुरु गरिए तापनि अगाडि बढ्ने क्रममा बिभिन्न देशको पाठ्यक्रममा वुद्धको जन्मस्थल बिषयमा गलत जानकारी दिने गरिएको पाइएकोले २०१० को अगस्टमा तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई विभिन्न देशका पाठ्यपुस्तकमा बुद्धको जन्मस्थलको बारेमा भएका भ्रम निवारण गर्न कुटनीतिक नियोगहरु मार्फत सम्बन्धित देशका सम्बन्धित निकायसँग कुराकानी अगाडि बढाउनु पर्ने माग राख्दै अभियानका सल्लाहकारहरु डा आरजु देउवा राणा, प्रो डा कबिताराम श्रेष्ठ, पूर्व मन्त्रीद्धय राजेन्द्र श्रेष्ठ र दीपकुमार उपाध्याय लगायतको टिमले अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठद्धारा हस्ताक्षरित ज्ञापनपत्र बुझाएको थियो । यसस्चात समस्याको जरो नै बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारी भएकोले अभियानले वुद्ध जन्मस्थल बिषयमा भएको विस्वब्यापी दिग्भ्रमलाई निस्तेज गर्नुलाई नै आफ्नो मुख्य उद्धेस्यको रुपमा लिएको छ ।

बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका अध्यक्ष समेत रहनुभएका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डको प्रमुख आतिथ्यतामा काठमाण्डौंमा २०१५ डिसेम्बरमा अभियानको सातौं बार्षिकी मनाइएको कार्यक्रममा अमेरिकी रास्ट्रपति बाराक ओबामा, चिनिया रास्ट्रपति सी जिनपिङ, भारती प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री शिन्जो अबे, श्री लंकाका रास्ट्रपति मैथ्रिपाला सिरिसेना, थाइ प्रधानमन्त्री प्रायुत चान–ओ–चा र नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटलाई सम्बोधन गरी केही प्राबिधिक कारणले गर्दा ती देशका पाठ्य पुस्तकमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी ती देशको प्रजातन्त्रको सबलिकरण र मानब अधिकार हननको प्रतिरक्षाका खातिर सच्याइनु पर्ने आग्रह गरी छुट्टाछुट्टै तयार पारिएको छ: पेज लामो अनुसन्धानात्मक प्रतिबेदन कार्यक्रमका प्रमुख अतिथि प्रचन्डलाई अभियानका तर्फबाट बिस्व संयोजक रामकुमार श्रेष्ठले हस्तान्तरण गर्नु भएको थियो । अभियानको प्रतिबेदनलाई आधार मानेर नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सम्बन्धित देशलाई पत्राचार गर्न गरेको निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत ती सात देशमा पत्राचार गरेको छ ।

जनस्तरमा स्थापित अभियानले अहिलेसम्ममा राष्ट्रिय र अन्तराष्ट्रिय महत्व राख्ने थुप्रै उल्लेखनिय उपलन्धिहरु हासिल गरिसकेको छ ।