अशोक बिना फेरी लन्डन पुगेर टंक बुढाथोकीले किन पोखे यस्तो गुनासो (भिडियो सहित)

टंक बुढाथोकी र बाल गायक अशोक दर्जीको दोस्रो गीत सार्वजनिक भएको छ। ‘मन बिनाको धन ठूलो कि’ गीतको सफलता पछि ‘चौरीको चाम्रो छुर्पी’ बोलको गीत सार्वजनिक गरेका हुन्। आमाको मायाप्रति र सम्पूर्ण कर्मशील महिलाहरु संसारकै सुन्दर भएकाले उनीहरुप्रति समर्पित गर्दै गीत सार्वजनिक गरिएको बुढाथोकीले बताए। गीतमा बुढाथाकीकै शब्द र संगीत रहेको छ भने उनीसँगै अशोक दर्जी र एआर बुढाथोकीले स्वर दिएका छन्।
टंक बुढाथोकी तमुधि युकेको ल्होछार कार्यक्रममा आफ्नो प्रस्तुती दिनको लागी लन्डन आइपुगेका छन कहिले र प्रोग्राम कहाँ कहाँ हुदै छन् तलको भिडियोमा हेर्नुहोला ।

को हुन् त बाल गायक अशोक दर्जी : बाल गायक चर्चित अशोक दर्जीलाइ सायद नचिन्ने कम मानिस मात्र होलान । पछिल्लो समयमा युटुब लगायत सामाजिक संजालमा अत्यन्तै चर्चा बटुलेका बाल गायक अशोक दर्जीको पहिलो गित मन बिनाको धन ठुलो रिलिज भएपछि उनको चर्चा अझ बढी चुलियो । झापा दमकमा निम्न वर्गको परिवारमा जन्मिएका थिए अशोक दर्जी । सानो उमेर देखि नै गायनमा रुची राख्ने उनि बाटो, होटल लगायतका स्थानमा दिनभर गीत गाउँथे । पढ्ने रुची भएपनि परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनि अरु बालबालिका स्कुल जाने बेला सडक र विभिन्न होटलमा आएका ग्राहकहरुको अगाडी गीत गाउन पुग्थे । त्यसैबाट उनले केहि अर्थोपार्जन गरेर परिवारको सामान्य आवस्यकता पुरा गरिरहेका थिए ।अशोक दर्जी पछिल्लो समय नेपालमा भाइरल भएका बालक मध्येका एक हुन् । उनी यति भाइरल बनेकी सायदै अब अर्को कोही पात्र बन्ला । अशोक दर्जीलाइ देश विदेशबाट धेरै सहयोगी मनहरुले सहयोग गरेर अहिले अशोकको राम्रो घर बनेको छ ।

हेरौँ भिडियो