श्रृंखलाले चमत्कार देखाउन पनि सक्छिन

रामकुमार श्रेष्ठ*

“एउटा भवनले समुदायलाई परिवर्तन गर्छ, एउटा व्यक्तिले देश परिवर्तन गर्न सक्छ एउटा विचारले सिंगो संसारलाई परिवर्तन गर्न सक्छ” भन्ने सोंच राख्ने श्रृंखलामा सामान्य अवस्थामा अधिकांशमा नपाईने उपर्युक्त बिशेष कुराहरु भएको पाइनुले कुनै पनि बेला उन्ले उज्यालो नेपाल अभियानले जस्तै चमत्कार देखाइन भने अनौठो नमान्दा हुन्छ  ।    

कुनै कोठामा बस्दा सबैभन्दा सुन्दर हुन मन लाग्दैन्, मलाई त्यहाँको सबैभन्दा बौद्धिक हुन पाए हुन्थ्यो भन्ने भावनाले ओतप्रोत श्रृंखलाले मिस नेपालको दुनियाँमा बिशेष आन्तरिक सुन्दरतायुक्त बिशेषतालाई आफ्नो फरक परिचय बनाउँदै मिस वर्ल्डको दौडका क्रममा ६८ औं मिस वर्ल्डसम्मकै ईतिहासमा दुई दुई वटा टाइटल हात पारेर विस्व ईतिहास पनि रचिन र भिजिट नेपाल २०२० नजिकिंदै गर्दा सर्वोच्च शिखर सगरमाथा, बुद्धभूमि, नेपाली कला र प्रकृतिलाई एक साथ जोडेर बनाइएको भिडियोमार्फत नेपाललाई विस्व सामु चिनाउन समेत निकै सफलता प्राप्त गरिन । बिभिन्न अन्तर्वार्ताका क्रममा उन्ले ब्यक्त गरेकी, तर सामान्यतया जो कोहीले महसूस गर्न नसक्ने कुराहरु भिजुअलाइज, गट फिलिङ, सबकन्सियस लेभलमा बसेको ज्ञान जस्ता कुराहरु  र उन्ले बिभिन्न समयमा देखाएकी सकारात्मक सोंचका उच्चतम कार्यान्वयनका आधारमा श्रृंखलाले कुनै पनि समय चमत्कार देखाइन भने त्यो अनौठो हुनेछैन ।

नेपाली पत्रकारिता जगतमा बिरलै भेटिने टीकाराम यात्री जस्ता अध्ययनशिल मात्रै नभएर क्लिस्ट शब्द प्रयोग गर्ने पत्रकारसंग सम-स्तर कायम गरिएको महसूस गर्न सकिने गरी नेपाली भाषिक क्लिस्टताका साथ अन्तर्वार्ता दिने क्षमतायुक्त मिस नेपालको रुपमा आफूलाई प्रमाणित गर्नु पनि श्रृंखलाको बिशेषताकै रुपमा लिंदा फरक नपर्ला ।

श्रृंखलाका बिभिन्न अन्तर्वार्ताका आधारमा मिस नेपालको ताज जित्दाको क्षणलाई भिजुअलाइज गरेको, मिस वल्र्डको फाइनलका दिन ‘गट फिलिङ’ नआएकोले त्यो रात कसैको भाग्य थियो भन्दै देखाउन नभएर स्वत: स्फूर्त रुपमा खुशीका साथ आँफै बिजयी र सह-बिजयीका लागि खुशी ब्यक्त गरेको, प्रत्यक्ष संलग्न नहुँदा नहुँदै पनि सबकन्सियस लेभलमा बसेको भाषिक र राजनीतिक ज्ञान र अत्यन्तै उच्च स्तरको सकारात्मक सोंच जस्ता कुराहरु सामान्यतया सामान्य अवस्थामा हुने कुराहरु नभएकाले यी कुराहरुलाई सामान्य रुपमा लिन मिल्दैन । यस्लाई बुझ्न निम्न तीन कुराहरु अलिक बिस्तारमा बुझ्नु जरुरी हुन सक्छ ।

चेतनाको स्तर

नेपोलियनले महत्वपूर्ण निर्णय लिनु अघि केही समय सुतेर उठ्दाको अल्फा अवस्थामा भएको चेतनालाई प्रयोग गरेर
अचुक हुने निर्णय दिने गर्थे भन्ने बिस्लेषण पनि पाईन्छ 

मूलत: यूरोप र विस्व गतिबिधिमाथि नै एक दशकभन्दा बढी प्रभुत्व कायम गर्न सफल नेपोलियन बोनापार्टले सबै युद्ध जिते अन्तिम युद्ध बाहेक र त्यो पनि षड्यन्त्र पूर्वक हराइएको भन्ने छ । उनी एकदमै कम सुत्ने विस्वस्तरीय छबी कायम भएका ब्यक्तिहरुमा पर्छन र उनी सुतेर उठिसकेपछि पनि बेला बेलामा केही समयको लागि सुत्ने गर्थे । यत्तिसम्म कि युद्ध चलिरहेको बेलामा पनि बेला बेलामा केही समयको लागि सुत्ने उन्को आदत थियो । के पनि भनिने गरिन्छ भने उनी केही महत्वपूर्ण निर्णय लिनु पर्दा त्यसरी सुतेर निर्णय दिने गर्थे र उन्ले दिने गरेको निर्णय अचुक हुने गर्थ्यो जस्ले गर्दा ठूला ठूला मोर्चाबन्दीका बिरुद्धको युद्धमा पनि उनी संधै सफल रहे ।

उन्को यो आदतको सम्बन्धमा चेतनाको अवस्थाको बर्गिकरणलाई हेरिनुपर्ने हुन्छ । सामान्यतया बिउँझिएको अवस्थाको चेतना स्तरलाई बेटा भनिन्छ र यस्मा धेरै बिचार चल्ने हुनाले मन भाँडिन्छ । सुत्दा त्यो अल्फा, ठिटा हुँदै डेल्टासम्म पुग्न सक्छ । सुत्दा पनि सबकन्सियस स्तरमा काम गरिराख्ने शक्ति जन्मजातै लिएर आएको शक्तिसंग जोडिन्छ र सुतेर उठ्ने बित्तिक्कै केही समय मन भाँडिएर बेटामा नपुगी अल्फा अवस्थामा रहेको हुन्छ र त्यो बेला गरिने योजना र निर्णय प्रभाबकारी हुन सक्छ । नेपोलियनले महत्वपूर्ण निर्णय लिनु अघि केही समय सुतेर उठ्दाको अल्फा अवस्थामा भएको चेतनालाई प्रयोग गरेर अचुक हुने निर्णय दिने गर्थे भन्ने बिस्लेषण पनि पाईन्छ । भिजुअलाइज गर्न चेतनाको स्तर कम्तीमा अल्फा लेभलमा हुनै पर्छ र यदाकदा कुनै काम हुनु अगावै केही भिजुअलाइज भै काम बन्ने पूर्व संकेत दिएको भन्ने ब्यक्तिहरु भेटिन्छन् । बिभिन्न क्षेत्रका उच्च कोटीका ब्यक्तिहरु भिजुअलाइज गर्ने क्षमता राख्छन । ज्ञान प्राप्त गरेका सक्कली उच्चस्तरका साधु सन्तहरुको चेतनाको स्तर गामामा हुन्छ भनिन्छ । भिजुअलाइज गर्दा शरिरभित्र एक किसिमको तरंग पैदा हुन्छ जुन अत्यन्तै आनन्ददायक हुन्छ र ब्यक्तिलाई उर्जाशिल बनाइदिन्छ ।

गट फिलिङ

दोश्रो विस्वयुद्ध चलिरहंदा वेलायतका तात्कालिन प्रधानमन्त्री विन्स्टन चर्चिल एकदिन एउटा घरमा बसेर काम गरिराखेको बेलामा अनायास उन्लाई भित्रैबाट बसिराखेको घरमा केही नराम्रो घटना हुन सक्ने आभास भएकोले तुरुन्तै त्यो घर खाली गरेर अर्को घरमा सरेर काम गरिराखेको  केही समयमा नै खाली गरिएको घर बम आक्रमणमा परी ध्वस्त भयो

दोश्रो विस्वयुद्ध चलिरहंदा वेलायतका तात्कालिन प्रधानमन्त्री विन्स्टन चर्चिल एकदिन एउटा घरमा बसेर काम गरिराखेको बेलामा अनायास उन्लाई भित्रैबाट बसिराखेको घरमा केही नराम्रो घटना हुन सक्ने आभास भएकोले तुरुन्तै त्यो घर खाली गरेर अर्को घरमा सरेर काम गरिराखेको  केही समयमा नै खाली गरिएको घर बम आक्रमणमा परी ध्वस्त भयो । वुद्धि, तर्कको प्रयोग सत्यसम्म पुग्न गरिए तापनि सत्यसम्म पुग्छ भन्ने छैन, तर गट फिलिङ जुन हुन्छ त्यो बुद्धि र तर्कभन्दा पाँच हजार गुनाभन्दा बढी शक्तिशाली हुन्छ भनेर मानिन्छ र यस्ले पछि हुने कुराको पूर्बाभास दिन्छ । दिमागमा हुने जस्तै न्युरोन पेटको आन्द्रामा पनि हुन्छ, तर यी दुइमा भिन्नता के छ भने पहिलोले सोच्ने काम गर्छ भने दोश्रोले हुने काम कुरोको पूर्बाभास दिन्छ । मेरी आमाको बायाँ छात्ती चस्केको दिन पहिल्यै चिन्तित हुने गर्नुहुन्थ्यो नराम्रो खबर सुन्न पर्ने भयो भनेर भने दायाँ छात्ती चस्केको दिन राम्रो खबर के आउने हो भनेर पहिल्यै भन्ने गर्नुहुन्थ्यो र संधै मिल्ने गर्थ्यो पनि । यो कुरा मैले २००१ तिर सशस्त्रमा कार्यरत एसपी सूर्य कुमार श्रेष्ठ भाईको  हत्याको बार्षिकीमा प्रकाशित पुस्तकमा प्रकाशित लेखमा पनि उल्लेख गरेको छु ।

श्रृंखला र कुलमानको  सकारात्मक सोंच:

अन्धकारको युगलाई उज्यालोमा परिणत गर्ने एउटा नायक कुलमान घिसिङ बारंबार पत्रकारद्धारा तेर्सिने दोषी बारेका प्रश्नमा कसैलाई दोषी देखाउन चाहन्छन सबैले उनैलाई जस दिए तापनि जस आफूमा नै सीमित गर्न नै

मिस वर्ल्डको शुरुवातीमा नै श्रृंखलाका लागि तयार पारिएको ड्रेसको डिजाइनका कारण उन्को वाकमा देखिएको समस्यालाई लिएर डिजाइनरप्रति पोखिन थालेको आक्रोशका कारण देखा पर्न थालेको नकारात्मक धारलाई अगाडि बढ्नबाट रोकिन कम्जोरी आफ्नै भन्दै ।

त्यसरी नै मिस वल्र्डको टप ३० मा पर्नका लागि भएको ‘हेड टू हेड च्यालेन्ज’मा श्रृंखला दोस्रो चरणमा सिंगापुरे सुन्दरीबाट पराजित भएपस्चात नेपालीका तर्फबाट देखा पर्न थालेका नकारात्मक गाली गलौजलाई सिंगापुरे सुन्दरीको प्रसंशा र आफ्नो कम्जोरीको स्वीकारोक्ति मार्फत उन्ले तुरुन्तै रोक्न सफल भइन् र सबैलाई सेमिफाइनलमा पुग्ने ढोका पुरै बन्द भैनसकेकोले बाँकी संभावनातर्फ ध्यान दिन आग्रह गरिन ।

त्यसरी नै मिस वल्र्डको टप ३० मा पर्नका लागि भएको ‘हेड टू हेड च्यालेन्ज’मा श्रृंखला दोस्रो चरणमा सिंगापुरे सुन्दरीबाट पराजित भएपस्चात नेपालीका तर्फबाट देखा पर्न थालेका नकारात्मक गाली गलौजलाई सिंगापुरे सुन्दरीको प्रसंशा र आफ्नो कम्जोरीको स्वीकारोक्ति मार्फत उन्ले तुरुन्तै रोक्न सफल भइन् र सबैलाई सेमिफाइनलमा पुग्ने ढोका पुरै बन्द भैनसकेकोले बाँकी संभावनातर्फ ध्यान दिन आग्रह गरिन ।

मिस वल्र्डको फाइनलका लागि १२ जनाबाट ५ जनामा ल्याइंदा कुनै पनि प्रकृया बिना त्यत्तिक्कै नाम घोषणा गरिएको बिषयलाई लिएर बिरोधका भाषा ब्यापक हुँदा पनि एउटा ढोका बन्द भए पनि झन त्योभन्दा ठुलो ढोका खोलिनका लागि हुन सक्ने भन्दै सामाजिक दायित्वप्रति उन्ले गरेकी इंगित अत्यन्तै प्रसंशनिय छ ।

अन्धकारको युगलाई उज्यालोमा परिणत गर्ने एउटा नायक कुलमान घिसिङ बारंबार पत्रकारद्धारा तेर्सिने दोषी बारेका प्रश्नमा कसैलाई दोषी देखाउन चाहन्छन सबैले उनैलाई जस दिए तापनि जस आफूमा नै सीमित गर्न नै । मेरो आफ्नो बुझाईमा कुलमान घिसिङ दोषीको बारेमा बोल्नै नचाहनुको पछाडि बिशेष कारण छन: यदि दोषीलाई कारबाही गर्नतिर लागिन्थ्यो भने अधिकांश (हजारौं) कर्मचारी कारबाहीमा पर्न सक्थे । यस्ले निम्त्याउने द्धन्द्ध ब्यबस्थापनामा नै अहिलेसम्म समय खर्चनु पर्ने स्थिति सिर्जना गरिदिन सक्थ्यो पहिलो, दोश्रो नयाँ भर्ना गरिने कर्मचारी पर्याप्त नहुन पनि सक्थ्यो र काम सुचारु तवरले अगाडि बढाउन समय लाग्न सक्थ्यो, र तेश्रो केही गर्न चाहने मन्त्रीहरुको समेत जीवन जोखिममा परेको कुरा सार्वजनिक भैराखेको देशमा भर्ना गरिने नयाँ कर्मचारी परंपरागत भ्रस्ट ब्युरोक्र्यासीका कारण उनीहरु पनि भ्रस्ट नहोलान भन्न सकिन्न जसरी ठूला ठूला आदर्श छाट्ने नेता कुर्सीमा पुगेपछि भैरहेका छन । यस्ले गर्दा अहिलेसम्म नेपालीहरु जसरी उज्यालोमा बस्न पाएका छन त्यो बातावरण नबन्न सक्थ्यो । उद्धेस्य प्राप्तीका लागि प्रतिबद्ध भएर “भएकै कर्मचारीलाई बिस्तारै रुपान्तरण गर्दै एउटा सिस्टमभित्र ल्याउने मोडल” अनुरुप अगाडि बढ्ने निर्णयका कारण बारंबार कुलमान बिगतमा ‘के भयो’ भन्नेतिर लाग्नुभन्दा ‘कसरी अगाडि बढ्ने’भन्ने जबाफ दिनैमा जोड दिने गर्छन् । उज्यालो नेपालको चामात्कारिक रहस्यको पछाडि सकारात्मक सोंचको ठुलो हात छ जस्मा कसैको ध्यान गएको देखिन्न ।

“एउटा भवनले समुदायलाई परिवर्तन गर्छ, एउटा व्यक्तिले देश परिवर्तन गर्न सक्छ र एउटा विचारले सिंगो संसारलाई परिवर्तन गर्न सक्छ” भन्ने सोंच राख्ने श्रृंखलामा सामान्य अवस्थामा अधिकांशमा नपाईने उपर्युक्त बिशेष कुराहरु भएको पाइनुले कुनै पनि बेला उन्ले उज्यालो नेपाल अभियानले जस्तै चमत्कार देखाइन भने अनौठो नमान्दा हुन्छ र लोकल टेक्नोलोजीमा आधारित नेपालीपना सहितको देशभरी शेल्टर बनाउने महत्वाकांक्षी उद्धेस्यका साथ स्थापना गरिएको “One home foundation”  को सफलताको कामना गरौं ।

https://www.youtube.com/watch?v=6-2g0ITcWU4

  • लुम्बिनी-कपिलवस्तु दिवस अभियान विस्व संयोजक