शिब हमाल र बबिता बानियाँ जेरीबीच आरोप प्रत्यारोप (भिडियो)

पछिल्लो समय निकै चर्चामा रहेकी गायीका बबिता बानिया जेरी र अर्का चर्चित गायक तथा लय शब्द संकलक शिब हमाल बिच पोखराको लेखनाथमा आरोप प्रत्यारोप भएको छ । पोखरामा जारी लेखनाथ महोत्सवमा उनीहरुबिच दोहोरीमा आरोप प्रत्यारोप भएको हो । एक अर्कालाई नराम्रो भन्दै दर्शकबीच माझिदाई पोखरा फेवातालको भाकामा गीत गाएका थिए ।
करिब २२ मिनेट चलेको दोहोरीमा एकले अर्कालाई सकेसम्म नराम्रो र घीन मान्छे भएको भन्दै आरोप प्रत्यारोपमा खर्चिए । दोहोरीको अन्त्यमा शिब हमालले बबिता र आफ्नो सम्बन्ध दाजु बहिनीको जस्तो भएको र दोहोरीमा मात्र त्यी शब्द भन्नुपरेको बताएका थिए । उनले त्यहा प्रयोग भएका शब्दलाई केबल मनोरंजनको लागीमात्र लिन पनि आग्रह गरे । हेरौं शिब हमाल र बबिता बानीयाको यो बबाल दोहोरी ।