छोराले बनाउने घरमा बस्न नपाई भगवानको प्यारी भैइन नेपाल आइडल रबी वोडकी आमा (मार्मिक भिडियो सहित)

स्कटनेपाल,

अलिकति खुसी र साङ्गितिक यात्रामा भर्खर नेपाल आइडल २ बाट आइडल बनेका रबि ओडका ममतामयी आमाको निधन भएको छ । बुधबार बिहान उनको करेन्ट लागेर मृत्यु भएको हो भन्ने जानकारी अहिले सामाजिक संजाल भरी फैलिएको छ। पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको बताइएको छ ।

कञ्चनपुरमा रहेका रवि पनि अस्पतालका लागि हिँडे । उनले बाटैबाट अस्पतालका चिकित्सकलाई फोन गरेर आफू आइरहेको र जसरी भएपनि आफ्नी आमालाई बचाई दिन आग्रह गरेका थिए । रविले चिकित्सकलाई फोन गर्दा उनकी आमा विष्णाले संसार छोकिसके की थिइन्। अस्पताल पुग्नु अगाडि नै उनको मृत्यु भइसकेको चिकित्सकहरुले जानकारी दिएका छन् । बुधवार बिहान करेन्ट लागेर ४५ वर्षीया बिष्णा वडको मृत्यु भएको हो । बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा वडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । करेन्टलागेपछि घाइते रहेकी उनलाई बिहान ९ बजे सेती अञ्चल अस्पताछ ल पुर्याइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

दैव पनि कती निष्ठुरी यो दुखद समचारले सारै दुखी बनाएको छ सारा नेपालीहरुलाई । बिष्णा रविको सौतेनी आमा हुन् । उनकी जन्म दिने आमाको भने यस अघि नै मृत्यु भइसकेको थियो ।
यो दु:खद घडिमा धैर्यधारण गर्नी शक्ति प्रदान होस स्कटनेपाल परिवार :

नेपाल आइडल बन्नु अगाडी हेर्नुहोस त् यो मार्मिक भिडियो रबिवोडको लागी :