सक्रिय समाजसेवामा आउने ब्यबसायी पौडेलको जमर्को।

स्कटनेपाल युके,
लामो समय देखि ब्यक्तिगत तरिकालेनै समाजसेवा गर्दे आएका ब्यबसायी पौडेलले अब सक्रिय समाजसेवामा आउने इच्छा ब्यक्त गरेका छन। गैर आबासिय संघ बेलायतले हालै बिधानमा परिमार्जन गरी बेलायतका चार राज्यमा राज्य समिती बनाउने भएको छ। चार राज्य समिती मध्य नर्थन आयरलैन्ड,वेल्स र स्कटलैन्डको गठन भै सकेको र बांकी रहेको ईङ्गलैन्ड राज्य समिती अध्यक्ष पदको लागी पौडेलले निबेदन दिएका छन।

गैर आबासिय नेपाली संघ बेलायतका अध्यक्ष योगकुमार फगामी लगायत ऊनको टिम लाई धन्यबाद दिदै पौडेलले आफु पदको लागी योग्य भएको बताएका छन। पौडेलको यस कदमले पौडेल बस्दै आएको वेस्टमिडलैन्ड लगायत वरिपरका एरियामा खुसि छाएको छ।

पौडेलले निबेदन दिएको खबर सगै ईङ्गलैड भरिका नेपालीहरु बाट सहयोगको प्रतिबद्दता पाएको र जिम्वेबारी पाएको खन्डमा सहजै बहन गर्ने जानकारी हामीलाई गराए।