प्रिति आलेले लुङ्गी माथी सारेर किक हान्छु भने पछि दोहोरीमै तनाव (भिडियो)

लोक दोहोरीमा चर्चित नाम हो, प्रिति आले । पछिल्लो समय उनको माग बिभिन्न मेला महोत्सवमा हुने गरेको छ । प्रिति आलेको लागी दोहोरीमा टक्कर दिने पोखराका शिबहरि ढुंगाना हुन् । बिशेष पोखरामा प्रिती आले आईन भने उनीसंग दोहोरीका लागी शिबहरीलाई नै आयोजकले खोज्छन् ।
पोखराको लेखनाथमा महोत्सव चलिरहेको छ । महोत्सवको पनि महोत्सव भनिएको मेलामा मंगलबार शिबहरी र प्रिति आलेको दोहोरीले निकै मनोरंजन प्रादान गर्यो ।
माया प्रितीका गीतमा बढी केन्द्रीत हुने दुई कलाकारहरुको दोहोरी अन्य कलाकारको भन्दा चोटीलो हुने भएकाले पनि दर्शकहरुको रोजाईमा पर्छ । लेखनाथ महोत्सवमा पनि दुबै कलाकाहरुले चोटिलो शब्द प्रहार गर्दै दोहोरीमै भनाभन गरे । प्रिती आलेले त लुंगी नै उचालेर किक हान्छु समेत भन्न भ्याईन् । हेरौं यो चोटिलो दोहोरी ।