मुन्द्रेको कमेडी क्लबमा पुगे नेपाल आइडल बिजेता हरु (हेर्नुहोस भिडियो)

स्कटनेपाल युके,

नेपाल टेलिभिजनको हास्य कार्यक्रम पछिल्लो समय “जिरे खुर्सानी” बाट नाम दर्शकको मन जित्न सफल चर्चित कलाकार जितु नेपाल अर्थात (मुन्द्रेले) मुन्द्रेको कमिडि क्लब ल्याएका छन् । उक्त कार्यक्रम प्रस्तोता जितु नेपाल हुन् भने कार्यक्रमको अध्यक्षतामा दिपाश्री निरौला तितो सत्यकी चर्चित हास्य कलाकार दिपा रहेकी छिन् । उक्त प्रोग्रामले अहिले लाखौ दर्शकको मन मुटुमा बस्न सफल भएको भिडियो भिउज बाट जानकारी हुन्छ । यो प्रोग्राम आमा अग्नि मिडिया मार्फत युटुब बाट संचालित छ ।

पहिलो भागमा दर्शकहरुको मन जित्न सफल नभएता पनि दोस्रो भागमा भने दर्शकलाई बेस्सरी हसाउन मुन्द्रेको टिम सफल भएको दर्शकहरुले प्रतिकृया दिएका छन् । दोस्रो भागको पाहुनाको रुपमा केदार घिमिरे (माग्ने बुढा) तथा नेपाली चलचित्र जगत्को महान् हस्ती नायिका करिष्मा मानन्धर आएकी थिईन् ।

माग्ने बुढाको अभिनय लाई दर्शकहरुले मन पराएका छन् भने दर्शकहरुले दिपाश्रीको स्थानमा सन्तोष पन्त, राजेश हमाल तथा मह जोडी जस्ता पुराना कलाकारहरुलाई स्थान दिनुपर्ने बिचार सामाजिक सञ्जालहरुमा ब्यक्त गरेका छन् । भने मुन्द्रेको सहयोगीको रुपमा सन्दिप क्षेत्री राख्नुपर्ने दर्शकको माग रहेको छ ।

आजको बिशेष प्रस्तुती नेपाली आइडल टिम लगायत बिजेता रबि वोड पनि यस कार्यकर्ममा सहभागी भिडियो तल हेर्नुहोस ।