काउली बुढीको उत्तेजक प्रस्तुती, पोखरामा यस्तो गरिन् काउलीले (भिडियो)

काउली बुढीको नामबाट चिनिएकी सन्ध्या बुढाले पोखरामा तहल्का मच्चाईन् । पोखरामा जारी तेस्रो काहुँ घरहरा महोत्सवमा आफ्नो प्रस्तुतीका राख्ने क्रममा दर्शकलाई मनोरंजन दिईन् । सामाजिक संजाल युट्यूबबाट बढी चर्चामा आएकी काउली बुढीले पोखरा पुगेर पनि जवानीका कुरा गर्न भ्याईन् ।
उनले बरिष्ठ लोक दोहोरी गायक प्रजापती पराजुलीसंग संगै बस्ने के के गर्ने सम्म भन्न भ्याईन् भने दर्शकको भीडमा समेत केटाहरु छान्दै बिहे गर्ने भन्दै बोको गनायो भन्न समेत भ्याईन् । केही दर्शकले त काउली बुढीसंग दोहोरी पनि गाउन प्रयास गरे तर काउलीले दोहोरी भने फिर्ता गरिनन् । हेरौं यो काउली बुढीको प्रस्तुती