स्कटल्याण्डको इडन्वरामा नेपाली स्थानीय कलाकार द्वारा नेपाली कला संस्कृति तथा पहिरनको भब्य प्रस्तुति।

यहि १९ गते डिसेम्बर, बिहीबार २०१८ क्रिशमसको सुअवसरको उपलक्ष्यमा लिंङ्कनेट मेन्तोरिंङ (Linknet Mentoring) द्वारा आयोजित पहिलो माईनोरिटि इथनिक टेलेन्ट सोकेस (Minority Ethnic Talent Showcase) स्कटलैण्ड, इडन्वराको सेन्ट अगस्तिन चर्चमा भब्यतका साथ सम्पन्न भएको छ। यस कार्यक्रमको मुख्य उद्देश्य स्कटलैण्डमा भएको बिभिन्न स्थानीय अल्पसंख्यक जातीयताहरूको अ-आफ्नो संस्कृतिकला झल्कने खालको नाचगान, पहिरन तथा नाटक प्रस्तुत गरि आफ्नो देशको भाषा तथा संस्कृतिको जगेर्ना तथा पहिचान गर्ने प्रयास गरिएको हो। उक्त कार्यक्रममा बिभिन्न देशका कलाकारको कला संस्कृति तथा पहिरन हर्न विभिन्न बर्गका दर्शक हरूको भिड लागेको थियो। सोही कार्यक्रमका अवसरमा स्थानीय नेपाली समाज द्वारा पनि आफ्नो कला संस्कृति तथा पहिरनको पहिचान प्रस्तुत गरि सम्पूर्ण दर्शक श्रोताको राम्रो मन जित्न सफल भएको थियो। उक्त कार्यक्रममा नेपाली कलाकारहरू: रेगन रंजित, पबिना खनाल, सबिना खनाल, सारिका खत्री, बिबस कडेल, श्रीश्ती कार्कि, सलिना भट्टराई, सुमन भट्टराई द्वारा नेपालको बिभिन्न भागमा रहेको बिषेशत नेपालको मध्यभाग काठमाडौंको संस्कृतिक नाच धिमे (ज्याफु नृत्य), महिपा लाखे आजु नृत्य, त्यस्तै नेपालको तराई भागमा गरिने झॉगद् नृत्यका साथै नेपाली लोक नृत्य प्रस्तुत गरि आफ्नो देशको पहिचान गरिएको थियो। कार्यक्रमका अन्तमा आयोजकको तर्फबाट सम्पूर्ण कलाकारहरू लगायत सम्पूर्ण दर्शक श्रोताहरू लाई कार्यक्रममा उपस्थितिको लागि बिषेश धन्यबादका साथ सम्पूर्ण कलाकार समुहलाई पुरस्कार स्वरूप £२०० को चेक हस्तान्तरण गरिएको थियो र उक्त चेक नेपाली नृत्य कलाकार समुदायको संयोजक बिजय डंगोल तथा सम्पूर्ण नेपाली कलाकार द्वारा बुझिलिएका थिए। उक्त कार्यक्रमले नेपाली समुदाय गौराम्बित भएको कुरा अवगत गराउन चाहन्छौं। साथै कार्यक्रममा सहभागी भई प्रोत्साहन गरिदिएकोमा सम्पूर्ण नेपाली समुदाय प्रति हार्दिक आभार व्यक्त गर्दैछु र आगामी दिनमा पनि आफ्नो कला संस्कृति लाई बिदेशि भुमिसम्म जोगाई राख्नका लागि यसरी नै लागिपरिरहेने बताएका छन्।

धन्यवाद।।।

भिडियो हेर्नको लागि तल दिईएको लिंकमा जानुहोस।