त्यो आवाज, यिनी आशु पक्कै पनि खेरा गएनन : रवि ओड बने दोश्रो नेपाल आइडल (भिडियो सहित)

स्कटनेपाल युके,

एपीवान टेलिभिजबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन २ को उत्कृष्ट होनहार प्रतिसप्रधी रवि ओड सुदुरपश्चिमबाट फाईनलमा पुग्न सफल भएका हुन्। फाईनलमा रवि ओडसंगै पुर्वबाट सुमित पाठक र अस्मिता अधिकारी थिए। पहिलो नेपाल आईडल बन्न सफल पोखरेली युवा बुद्ध लामा कै जिल्ला बाट अर्का अब्बल गायक बिक्रम बराल पनि संग संगै प्रतिस्पर्दामा थिए।

रवि ओडको होम भिजिटका बेला प्रस्तुत गरिएको सवै कृयाकलाप देश र विदेशमा सवै ले हेरेर प्रतिकृया दिएका छन् । भावुक हुदै रवि आफ्नै घर अगाडी भक्कानिएर आमाबुवा भन्दै रोएको दृष्यले जो कोही पनि रुन पुगेको हो । एकदमै मार्मिक र समाजकालागि रविको जित संदेशमुलक हुने भन्दै सवैले सकृयता देखाएका हुन् ।

त्यसैगरी चर्चित संचारकर्मी सरु सुनारले त झन पोखराबाटै सिधै लाईभमै आएर रविको खुलेर प्रशंसा गर्दै भोट दिने पोखरेली जनता धेरै नै रहेको किटान पनि गरेकी थिइन। उनले रवि ओडको कथाले मन छोएको प्रतिकृया दिदै देशको आईडल रवि हुनुपर्नेमा जोड़ दिनु भएको थियो।

सरुले आफ्नो फेसबुकमा स्टाटस लेख्दै भन्नु भएको थियो :
”समुन्द्रको गहिराइमा अक्सर भेटिन्छ मोति, हिलो पोखरीको बिचमा फुल्ने गर्छ कमलको फुल, पहाड, चट्याङलाई फोरि उम्रन्छ पिपलको रुख, गरिबी पीडा र झुपडीबाट रबि ओढको गुन्जिनछ संगितको धुन,” नेपाल आइडल टोप ४ मा पुग्न सफल रबि ओढको यो आँसु र झुपडीले दुनियाँलाई रुवायो, हामी सबैले यो आवजलाइ साथ दिउ भोट गरौ भोटिङ खुल्ला छ।

अनन्त : रवि ओड नेपाल आइडल बनि सकेको एपीवान टेलिभिजबाट प्रसारण भएको जानकारी पनि गराउदछौ । रवि ओडले नेपाल आइडल बनि सके पछी आफ्नो फेसबुक वाल मार्फत निकैनै मार्मिक संदेश दिनु भएको जानकारी पनि गराउदछौ ।
हृदयदेखि धेरै धेरै धन्यवाद ति सहयोगी मनहरूलाई हजुरहरूको मायाले मलाई आज यस्तो बिन्दुमा ल्याइपुर्याएको छ कि मसँग त्यसको व्याख्या गर्नसक्ने कुनै शब्द नै छैन । म एउटा समान्य मान्छे हजुरहरुले मलाई आफ्नो छोरो, भाइ, दाजु, साथी आदि सम्झेर अत्यन्तै माया गर्दिनु भयो र आज यति ठूलो जित हासिल गर्न सफल भएँ यो सब हजुर हरुकै देन हो, मेरो जिबन दाता नै हजुरहरु हुनुहुन्छ र यो जित मेरो होइन यो जित तपाइहरुकै हो, सारा नेपाली दाजुभाई दिदीबहिनीहरुकै हो । मेरो लागि भनेर रात दिन खटिनु भएका आदरणीय सम्पुर्ण दाजुभाईहरु तथा दिदीबहिनीहरुमा म हृदयदेखि आभारी छु । देश बिदेश बाट हजुरहरुले म प्रति देखाउनु भएको माया, साथ र सपोटको लागि म भित्री मनदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु र न्यानो सम्झना छ । आशा छ अझै आउने दिन हरुमा यसरी नै माया अनि साथ दिनु हुने छ फेरी पनि हिर्दय देखी नै आभारि छु हजुरहरुको यो माया प्रति हजुर हरुको यो माया अनि सपोट कहिले भुल्ने छैन हजुर हरु नै हो मेरो लागी भगवान
Thank you so much to all
Love you forever