दोस्रो नेपाल आइडल बने रवि ओड (भिडियो)

‘नेपाल आइडल’ को उपाधि रवि ओडले जित्न सफल भएका छन् । आइडलको उपाधि जितसँगै सुदुरपश्चिमका रविले होण्डाको गाडी र नगद रु २२ लाख प्राप्त गरेका छन् । आइडलको उपाधि जित लगत्तै रवि स्टेजमा नै भक्कानिँदै रोए र उनले बिक्रमलाई संहाल्दै भने यो मेरो मात्रै जित होइन सारा नेपालीको जित हो । रविले आँसु पुछ्दै बोलीरहँदा ४ जना नै स्टेजमा खुशी बाँडीरहेका थिए । त्यस्तै फस्ट रनरअपको उपाधि पोखराका बिक्रम बरालले जितेका छन् । बिक्रमले २० लाख नगद पाएका छन् । त्यस्तै सेकेण्ड रनरअपको उपाधि सुमितले जितको छन् । भने अस्मिता अधिकारी चौथो बन्न सफल भएकी छिन् । नतिजा आउँदा स्टेजमा उपस्थित ४ जना नै निकै डराएको अवस्थामा देखा परेका थिए ।

शुक्रबार काठमाडौँको पुल्चोक इञ्जिनियरिगं कलेजमा सम्पन्न भएको ग्रान्ड फिनालेमा अस्मिताले उपाधि जित्न सफल भएका हुन् । ग्रान्ड फिनाले सुरु भएसँगै उत्कृष्ट १० प्रतियोगीहरुले अहिले प्रस्तुती दिइसकेपछि अहिले उत्कृष्ट ४ मध्येका प्रतिस्पर्धीहरुले आ आफ्नो प्रस्तुती दिएपछि बिजेताको नाम घोषणा गरियो । त्यसअघि कमेडियन सन्दिप क्षेत्रीले पेट मिचि मिचि हँसाएका थिए । त्यसअघि टप टेन प्रतिस्पर्धीहरुले आ आफ्नो प्रस्तुती दिएका थिए । हजारौँको संख्यामा उपस्थित भएका दर्शकहरुले धैर्य धारण गरेर प्रतिस्पर्धा हेरेको दृश्य निकै शानदार देखिएको थियो ।

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.