गंगा भन्छिन : जनावर भा भिर बाट पल्टाउथे, मारेर फाल्थे, मान्छेको जात यस्तो अपाङ्गतालाइ के गर्ने भन्दै समाजले चोट दिन्थियो (भिडियो सहित)

स्कटनेपाल युके,

गुल्मी जिल्लामा जन्मिएकी शारीरिक रुपमा अशक्त लामो समय देखि अपाङ्गताको क्षेत्रमा क्रियाशिल रहेर काम गर्दै आएकी र धेरै जना अपाङ्गता भएका व्यक्तिलाई नवजीवन दिदै आएकी गंगा रायमाझीको जीवनी उनी शारीरिक रुपमा अशक्त हुदा हुदै पनि शंघर्षको लामो यात्रा तय गरेर अहिले बेलायत सम्म आइ पुगेकी छन्।

संघर्षको दिनहरु सम्झिदै रायमाझी भन्छिन,’सुखका क्षणहरु कमै छन्। मेरै अपाङ्गता भएका कारणले मैले आफ्नो आमालाइ गुमाउन पुगे । बाबाले यस्ती राम्री छोरीलाइ माइत लगेर आगोमा डडालिस् भन्दै आमालाई पिट्नु हुन्थियो । जनावर भएको भए भिर बाट पल्टाउथे, ढुंगा मुडा गरेर मार्थे तर मान्छेको बच्चा यस्तो अपाङ्गता बोकेकोलाइ केही गर्ने न मिल्ने भन्दै समाजले बारम्बार मेरो आमालाइ चोट दिन्थे  भन्दै उनले स्कटनेपाललाइ बताईन। उनको यो ह्र्दयाबिदारक जीवन कथाले पक्कै पनि कसको मन न पग्लिएला ।

गुल्मी जिल्ला समाज यूकेको च्यारिटीमा रायमाझी बेलायतमा अपांगता दिवस च्यारिटी कार्यक्रममा भाग लिन आइपुगेकी हुन । गुल्मीको छापाहिलेमा जन्मेकी आशा अपाङ्ग कैन्द्रकी उपाध्यक्ष रायमाझी तिन महिनाकी हुदा आगोमा परेर दुबै खुट्टा जलेर, दुबै खुट्टा नभएकी अपाङ्ग हुन्। उनि गुल्मी जिल्ला समाज यूके च्यारिटी कार्यक्रमको निमन्त्रामा सहभागी हुन् पुगेकी हुन् लगतै शान्ति नेपाली समाज बेलायतले गरेको ‘गंगा रायमाझी’सम्मान बिशेष कार्यकर्ममा पनि सहभागी हुन् पुगेकी थिइन।

हेरौ बाकी भिडियोमा उनि संगको अन्तरबार्ता हृदयविदारक भिडियो :