९ बर्षकी नेपाली साल्माले मेलबर्नमा टाइकोण्डोमा ब्ल्याक बेल्ट

मेलबर्न निवासी सोवाना श्रेष्ठ र अबी बाहम्दुनकी छोरी साल्मा बाहम्दुनले ९ बर्षकै उमेरमा नै टाइकोण्डोमा ब्ल्याक बेल्ट प्राप्त गरेकी छिन् ।
२ डिसेम्बर २००८ मा जन्मेकी साल्माले आफू तीन बर्ष मात्रै हुँदा नै २० जनवरी २०११ देखि नै टाइकोण्डो खेल खेल्न शुरु गरेकी थिइन ।
ब्ल्याक बेल्ट प्राप्त गर्नु अघि साल्माले प्राप्त गर्नु पर्ने आबस्यक सबै बेल्टहरु प्राप्त गरिन । उमेर कम भएको कारण साल्माले ब्ल्याक बेल्ट प्राप्त गर्न भने केही पर्खनु पर्‍यो र ९ बर्षको उमेरमा सेप्टेम्बर २०१८ मा ब्ल्याक बेल्ट प्राप्त गरिन ।
साल्माले ब्ल्याक बेल्ट प्राप्त गरेपछि लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले उन्लाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझै उदाहरणीय उपलब्धी हासिल गर्ने सफलता मिलोस भनी शुभ-कामना ब्यक्त गरे ।