२ करोड भन्दा बढी रकम उठाउन सफल भएकी इशा भन्छिन रबिको अभियानमा ११ लाख भन्दा बढी उठ्यो (भिडियो सहित)

स्कटनेपाल युके,

बिदेशमा बसे पनि नेपाल र नेपालीकै लागि आफुलाई समर्पित गर्ने केहि मध्येमा पर्छिन् इशा गुरुङ्ग । बेलायत बासि १ छोरीकी आमा समेत रहेकी इशा नेपालमा कोही कसैलाई आपत पर्यो भने उनी चुपालागेर बस्न सक्दिनन् । उनले नेपालका विभिन्न संघसंस्था, व्याक्तिहरुलाई सहयोग गरिसकेकी छन् । कहिले अभियान चलाएर सहयोग गर्छिन् कहिले आफ्नो पकेटबाट गर्छिन् तर उनी चुप लागेर भने बस्न सक्दिनन् । पछिल्लो समयमा उनले चार बर्षकी ब्लड क्यान्सर पीडित कृश्टिना सुनार बचाऊ अभियानमा दिनरात नभनी ५ लाख भन्दा बढी रकम रबि लामिछाने मार्फत हस्तान्तरण गराएकी थिइन। उनी भन्छिन् म बेलायतमा भएपनि मन भने नेपालमा नै छ, नेपालीकोपीडाले सबैभन्दा बढी छुन्छ मलाई । कोही कसैले नेपालको बारेमा नराम्रो बोल्यो भने पनि म चुपलागेर बस्न सक्दिन ।

त्यस्तै अहिले सिधा कुरा जनतासंगको रास्कोट कालिकोट नेपाल सामुदायिक हस्पिट्ल निर्माणको अभियानमा आफुले पनि इँटा थप्ने काम गरेको उनले स्कटनेपाललाइ जानकारी दिइन। उनको यो अभियानमा ३ हप्ता भित्रै उनले रु ११ लाख ३६ हजार ५७० उठी सकेको जानकारी दिनु भयो । उनि भन्छिन देशको दूरदराज़ दुर्गम गाउ कालिकोटको राजकोटमा नेपाली गरीबी जनताहरू जिबनजल नपाएर मर्न बाध्य भैरहेका छन्, सिटामोल नपाएर अकालमै मर्न बाध्य छन् , कुपोषणको रोगले मर्न बाध्य छन् , सुत्केरी महिलाहरू बच्चा जन्माउन नपाउदै मर्न बाध्य हुन्छन् , तेसैले दक्षिण एशियाकै पहिलो डिजिटेल १५ बेडको अस्पताल निर्माण गर्ने अभियानमा इशा भन्नु हुन्छ आउनुस हामी सबै मिलेर हातेमालो गरौ , यति लेखिरहदा मेरो व्यक्तिगत सहयोग रू १ लाख सहयोग गर्ने प्रतिबद्धता जनाउन चाहन्छु र यो सिधाकुरा जनता संगको महान् दोश्रो अभियान हो , सरकारको आशा नगरौ अब हामी सबैले राष्ट्को सपुत छोरा रबी जी को साथ दिनु मद्दत गरौ भनेर आफ्नो फेसबुक वाल मार्फत मेसेज सार्बजनिक गरेकी छन् ।

भिडियोमा हेर्नुहोस बेलायतबाट इशाले यसरी पहल गर्नु भयो :