शान्ति नेपाली समाज बेलायतले गर्यो आशा-अपांग केन्द्रलाई आर्थिक सहयोग (भिडियो र फोटोफिचर सहित)

स्कटनेपाल युके,
गुल्मी जिल्लामा लामो समय देखि अपाङ्गताको क्षेत्रमा क्रियाशिल रहेर काम गर्दै आएकी र धेरै जना अपाङ्गता भएका व्यक्तिलाई नवजीवन दिदै आएकी गंगा रायमाझी अहिले बेलायतको यात्रामा छिन् । गुल्मी जिल्ला समाज यूकेको च्यारिटीमा रायमाझी बेलायतमा अपांगता दिवस च्यारिटी कार्यक्रममा भाग लिन आइपुगेकी हुन । गुल्मीको छापाहिलेमा जन्मेकी आशा अपाङ्ग कैन्द्रकी उपाध्यक्ष रायमाझी तिन महिनाकी हुदा आगोमा परेर दुबै खुट्टा जलेर, दुबै खुट्टा नभएकी अपाङ्ग हुन् । गुल्मी जिल्ला समाज यूकेको च्यारिटी कार्यक्रम सम्पन्न सहित उनी शान्ति नेपाली समाज बेलायतको आयोजनामा ‘गंगा रायमाझी’ को बिशेष सम्मान कार्यकर्ममा सहभागी हुन् पुगेकी हुन् ।

शान्ति नेपाली समाज बेलायतले गुल्मीको तम्घासस्थित आशा अपांग केन्द्रलाई आर्थिक सहयोग प्रदान गरेको छ । समाजले संस्थालाई १ हजार ३४ पाउण्ड सहयोग प्रदान गरेको हो ।

सोमबार बर्मिगहमको वेस्ट बोर्मिचमा केन्द्रकी सञ्चालिका गंगा रायमाझीलाई एक कार्यक्रमका बीच सो सहयोग रकम हस्तान्तरण गरिएको प्रबक्ता अन्जु पाठकले स्कटनेपाल लाई जानकारी गराउनु भयो ।

सोही अवसरमा शान्ति नेपाली समाज बेलायतका अध्यक्ष लिला थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रकी सञ्चालिका रायमाझीलाई संस्थाको तर्फबाट सम्मान समेत गरियो । केन्द्रको सहयोगार्थ समाजका सदस्यहरुका साथै मनकामना महिला समाज, वेस्ट बर्मिच र शान्ति नेपाली समाजको कोषबाट समेत रकम जम्मा गराइएको थियो ।

कार्यक्रममा सहयोग रकम बुझ्दै रायमाझीले सहयोग गर्ने शान्ति नेपाली समाजप्रति आभार प्रकट गरिन् । समाजका महासचिव प्रविन खरालले सञ्चालन गरको कार्यक्रममा समाजका संस्थापक अध्यक्ष काशी शर्मा, निवर्तमान अध्यक्ष कृष्ण ढकाल, गुल्मी जिल्ला समाज यूकेका उपाध्यक्ष तथा पत्रकार फडिन्द्र भट्टराई, मनकामना महिला समुहकी अध्यक्ष राधा खरेल लगायतले बोलेका थिए भने जयन्ती थापाले स्वागत मन्तब्य राखेकी थिइन् ।

स्कटनेपाल संचालक मिडियाकर्मी टिका अधिकारीले फोटो र भिडियोहरुको लागी सहयोग पुराउनु भएको थियो ।

हेरौ भिडियो :

बाकी फोटो हरु येहा हेर्नुहोला :