”ऐशेंलु पाक्यो” शर्मिला पछाई क्षेत्रीको स्वरमा सजिएको नयाँ आधुनिक गीत सार्बजनिक (भिडियो)

युके,

मिसेज युके नेपाल २०१७ पब्लिक च्वाईस टाईटल बिजेता शर्मिला पछाई क्षेत्रीको स्वरमा सजिएको नयाँ आधुनिक गीतको ” ऐशेंलु पाक्यो…” म्युजिक भिडियो सार्बजनिक भएको छ ।
लण्डन स्थित स्टाण्ड वेलमा रेकर्ड गरिएको यो गीतलाई पाल्पा हुँगीमा जन्मेर बिगत एक दशक देखि बेलायतमा बस्दै आउनुभएकी शर्मिला पछाई क्षेत्रीले गाएकि हुन् । गाईका शर्मिला एक कुशल समाजसेबी समेत हुन् । उन्ले गायिका जलजला परियारको मृगौला उपचारार्थ, गायक अशोक दर्जीको घर निर्माणार्थ, मिसेज युके नेपालको संयोजकत्वमा नेपालका अपाङ्गहरुको लागी १० लाख उठाउने आदि समाजसेबी काम गरिसकेकी छन् भने आफ्नो गाउँ हुँगीमा एम्बुलेन्स खरिद गर्दा बिशेष सहयोग गरेकी थिइन्।

शर्मिलाले विभिन्न कभर गीत गरिसके पछि यो अफिसियल म्युजिक भिडियो ल्याएकि हुन् ।उक्त म्युजिक भिडियोमा शब्द – बिपना राई, संगीत – सुनिल राई, लय – निरज श्रेष्ठ, छायाँकन – अजय रेग्मी, C.A.D – समिर ठोकर, पोष्ट प्रोडक्सन DACON पिक्चर, सम्पादन / निर्देशन – क्रान्ति केसी को रहेको छ । गायिका शर्मिला पछाईको युके पार्टको छायाँकन – राजेन्द्र पौडेल, कोरियोग्राफी – सरु राना गुरुङ तथा मिसेज युके बिजेता २०१७ आस्था जोशी, सम्भाबी खड्का आदिको बिशेष सहयोगमा भिडियो तयार गरिएको हो।

क्रिसमस तथा नयाँ बर्ष २०१८ को पूर्वसन्ध्याको अवसर पार्दै बुढा सुब्बा म्युजिक प्रा. लि. ले सार्बजनिक गरेको यो गीतमा नायिका शिल्पा पोख्रेल र बिक्रम बुढाथोकी ले अभिनय गरेका छन् । यो गीतले युट्युबमा राम्रो कमेन्ट अनि प्रशंशा पाईरहेको छ|