दिन् दु:खी हरुको सेवामा समर्पित समाजसेवी स्कटनेपाल रोधिघरकी सल्लाहाकार कामना प्रसाईं दुःखको घडिमा (भिडियो सहित)

स्कटनेपाल काठमाडौँ,

एक संघर्षशील नारी र समाजसेवामा समर्पित र उनका सकारात्मक सोँच अनि दिन् दु:खी हरुको सेवामा समर्पित समाजसेवी स्कटनेपाल रोधिघरकी सल्लाहाकार कामना प्रसाईं अहिले दुःखको घडिमा हुनु भएको स्कटनेपाल मिडिया हाउस प्रालीलाइ जानकारी गराउनु भयो । ऊहाको ससुराको दुखद निधन भएका कारण ऊहाँ आफ्नै निवासमा जुठो बारेर बस्नुभएको जानकारी गराउनु भएको छ । यसै संदर्बमा स्कटनेपाल प्रस्तोता निलमनी भण्डारी कामनाज्युको निवासमा पुगी उहाँसँगको यो कुराकानी सार्बजनिक गर्नु भएको छ ।
हेरौ उक्त भिडियो :

कामनाज्यु को भावपुर्ण श्रद्धाञ्जली सहित
जन्म मिति: १९९८ स्वर्गारोहण: २०७५/०८/१९
हाम्रा प्रात: स्मरणीय पुज्य पिता श्री मोहन प्रसाद लुईटेल, खोटाङ दिक्तेल मा जन्मनुभई बिगत ४० बर्ष देखि इनरुवा चखागाछी सुनसरि बसोबास गरिरहनुभएका, भुतपुर्व indian army समेत रहनुभएका पुज्य पिताजिको ७८ बर्षको उमेरमा निजि निबास मा असामयिक स्वर्गारोहण भएको आज १३ औं दिनको पुन्यतिथिमा दिवाङ्गत आत्माको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ । साथै शोकको यस दु:खद घडिमा हामिहरुप्रती सहानुभुती एवं समबेदना प्रकट गर्नुहुने ईष्टमित्र, आफन्तजन बन्धुबान्धव तथा शुभचिन्तक प्रती कृतज्ञता ब्यक्त गर्दछौ ।
श्रीमती : हिरादेबी लुईटेल
छोरा / बुहारीहरु :
छोरिज्वाई : सुभद्रा/गंगा रिजाल
दिपक / कामना लुईटेल
बिनोद/कबिता लुईटेल
नाति/ नातिनीहरु – आस्मा रीजाल ,अमीत रीजाल दीप लुइँटेल लगाए सम्पूर्ण नातिहरु बिष्णु /तुलसा लुईटेल दिप लुईटेल लगाएत सम्पुर्ण लुईटेल परिवार।