निष्ठुरी पुर्ब पत्नीको वियोगमा भाबुक हुदै फेरी यस्तो गित गाए : निलमनी भण्डारी (भिडियो सहित)

स्कटनेपाल युके,

स्कटनेपाल रोघिघर प्रस्तोता नीलमणि भण्डारी कला गलाका धनी एक कुशल गायक हुन्। उनी शारीरिक रुपमा अशक्त छन्। उनका हात खुट्टा मध्य एक हात मात्रै राम्ररी चल्छ। भोजपुरमा जन्मिएका नीलमणि भण्डारी गायक बन्ने ठुलो सपना बोकेर काठमाडौँ आएका हुन्। उनी जन्मिएको सात महिनाको हुँदा हातमा घाउ आएको थियो। खासमा उनलाई पोलियो लागेको थियो तर उपचार गर्न अस्पताल लानु पर्ने ठाउँमा सबैको कुरा सुनेर धामी झाक्री कहाँ लगियो। झाक्रीमाथिको अन्धविश्वासले गर्दा अस्पताल लान ढिलो भएका कारण उनको शरीर नै अपाङ्ग भएको उनले बताए। यदि बिकसित ठाउँमा उनी जन्मिएका भए सायद आज अरु जस्तै सपाङ्ग हुने थिए। उनी यसलाई आफ्नो भाग्यमा लेखिएको भागभोग मानेर चित्त बुझाउने गर्छन।

उनले सामाजिक संजालमा एउटा यस्तो गित गाएर लाखौ नेपालीहरुलाइ फेरी भाबुक बनाएका छन् हेरौ भिडियो !

उनी प्राय लोक दोहोरी गीतहरुबाट चर्चित छन् र पछिल्लो समयमा उनले स्कटनेपाल रोघिघर संचालनमा पनि लाएको जानकारी दिए। उनले हालै पनि रवि लामीछानेको समर्थनमा व्यङ्ग प्रहार गरि गीत प्रस्तुत गरेका थिए जुन निकै भाईरल बनेको थियो। सामाजिक संजालमा उक्त गित लाखौ दर्शकहरुको मन छुन सफल भएको थियो ।

संघर्ष र दुख:का दिनहरु सम्झिदै भण्डारी भन्छन,’सुखका क्षणहरु कमै छन् मेरो जिन्दगीमा। वि.स २०५७ सालमा गायक बन्ने उद्दश्यले काठमाडौँ आए। काठमाडौँ भनेको त बाउले खाने र छोराले हेर्ने ठाउँ रहेछ। अशक्त भएका कारण धेरै दुख भोग्नु पर्यो।’ थोरै पैसा बोकेर जन्म थलो छोडेर कर्म थलो बनाउन राजधानी होम्मिएका गाउँको सोझो भण्डारीलाई एक जना रेडियो नेपालको कर्मचारी बताउने व्यक्तिले रेडियोमा गीतको अबसर दिन्छु भनेर ४ हजार रुपैया लिएर फरार भएको तितो अनुभव उनले सुनाए।

उनले आफु अशक्त भएका कारण सांगीतिक यात्राको क्रममा निकै चुनैतीको सामना गर्नु परेको उनले बताए। यस क्षेत्रमा आएपछि धेरै मिडियाले बोलाउने गर्छन तर मिडियाहरु ४/५ तल्लामाथि हुन्छन जसले गर्दा हामी जस्तालाई जान अप्ठ्यारो हुने उनको भनाई छ। उनी भन्छन,’नेपालमा अझै पनि शिक्षित् बनिसकेको छैन। धेरै शिक्षित भएता पनि कोहि यस्ता भेटिनछन् जसले शारीरिक रुपमा हामी जस्ता अपाङ्गलाई सभ्य भाषाबाट सम्बोधन नगरी होच्चाएर बोल्ने गर्छन जसकारण मन दुख्ने गर्छ।’

उनले समाज सेवीहरुको बारे देखि समाजको अबस्थालाई चित्रण गरि गीत लेखें गाउने गर्छन। भण्डारी अझै सांगेतिक क्षेत्रमा निरन्तर लागिरहेको र अझ राम्रो गायक बन्न बाँकि रहेको उनी बताउँछन। उनले आगामी दिनमा विदेशमा बस्ने नेपाली जसले पिडामा परेका व्यक्तिलाई आफ्नै दुख सम्झेर सहयोग गर्न्र सहयोगी मनहरुको बारेमा गीत गाउने बताए। उनी गायन क्षेत्रको साथै मिडियामा पनि आबद्ध छन्।

निलमनी आफै शब्दमा भन्नु हुन्छ :
समयले मान्छेलाई कहाँ बाट कहाँ पुर्‍याउँदो रहेछ,कुनै समयमा म आफूलाई नेपालका ३२ लाख् अपाँङ्गहरु मध्येको सबैभन्दा भाग्यमानी अपाँङ्ग हूँ भन् ठान्थेँ,जुन् समयसम्म कसैको साथ् थियो! आजभोली त एस्तो लाग्छ कि ३२ लाख् अपाँङ्ग मध्येको सबैभन्दा अभागी त मै पो रहेछु!खुकुरीले काटेको र आगोले पोलेको घाऊ त जति जति पुरानो हुँदै गयो उती उती खाटा बस्दै जान्छ,तर यो मायाँको घाऊ त झन् झन् पुरानो हुँदै गयो झन् झन् दुख्दै जान्छ,झन् झन् पोल्दै जान्छ! हुन त पीडा नभएको मान्छे हुँदैन,फरक यत्ति मात्र हो,कसैको सानो पीडा त,कसैको ठूलो पीडा,आफ्नो पीडा आफैँलाई ठूलो लाग्नु पनि स्वभाविक नै होला!संसारमा म जस्ता धेरै पिडीतहरु होलान् जो विछोडको वियोगमा पानी बिनाको माछो जसरी तड्पिन्छ त्यसरी नै तड्पिने!सबैको भाग्य लेख्ने हे भाग्य विधाता!!!तिमी सँग म एउटै मात्र बिन्ति बिसाउँछु,बरु यो मायाँ भन्नेँ चिजको अन्त्य नै गरीदेऊ,यदी त्यो पनि सक्दैनौ भने म जस्ता पागल प्रेमीलाई मृत्यु दण्ड नै देऊ,हाँसी हाँसी स्वीकारी दिऊँला,तर म माथि जुन् किसिमको बज्रपात् बर्सायौ यती ठूलो अन्याय कोहीमाथि पनि नगर! आज पनि स्मरण छ मलाई त्यो दिनको,२०६३ साल वैशाख २९गते सोमबारका दिन् काठमाडौं को म्हेपि मन्दिरमा गएर ऊनको सिउँदोमा सिन्दुर भरेको,अनि एऊटै रथका दुई पाँङ्ग्रा भएर सँग सँगै जिउने बाचा कसम खाएको! तर जीन्दगीको आधा बाटोसम्म पनि यात्रा गर्न नपाऊँदै एऊटा पाँङ्ग्रोले मेरो साथ् छोडीदियो! २०७५ साल् अशोज ९ गते मंगलबारको त्यो कालो दिन्! विहानै ऊठेर आफ्नो नित्य कर्म सकेँ,सानो ब्रिफकेशमा ऊनलाई सिन्धुर हालेको रुमाल सहितको सिन्धुरको एऊटा पोको थियो,त्यसलाई आफ्नो खल्तिमा हालेँ! कोठामा अति वृद्ध अवस्थाका बुढाबुढी बा-आमा आँखाभरी मोतीका दाना जस्ता बलिन्धारा आँशुका धारा बगाऊँदै भक्कानीन थाल्नुभयो! म बोल्नै सकिनँ,तै पनि आफूलाई सम्हालेर बा-आमाको पाऊमा आफ्नो शीर निहुराऊँदै भनेँ, मलाई आशीर्वाद दिनुस्! केही पीर मान्नु पर्दैन,हजुरहरुको लागि म छु! बा-आमालाई त यसरी सम्हालेँ,तर मलाई सम्हाल्ने त्यहाँ कोही पनि थिएन! टाऊकोमा हेल्मेट लगाएर ढोका सम्म पुगेँ, पछाडि फर्किएर हेर्नै सकिनँ, किनकी मेरा आँखाबाट पनि बा-आमाको आँशुको पैँचो तिर्नका लागि होला गोहीका आँशुहरु निरन्तर झर्न सुरु भै सकेका थिए!आफ्नो चारपाँङ्ग्रे स्कुटरमा बसेर म म्हेपि मन्दिरतीर लागेँ! मन्दिरको गेटमा पुगेँ,आफ्नो स्कुटरलाई पार्किङमा राखेर गेटबाट भित्र पसेँ! हात गोडा र मेरो सारा शरीर नै थर्थरी काँपीरहेको थियो,गेटबाट भित्र पसेर देब्रेपट्टीको पीपलको फेदमा बसेँ, अनि माथि मन्दिर तीर हेरेँ! मन्दिर सम्म पुग्नका लागि धेरै लामा खुड्किलाहरु पार गर्नुपर्ने भएका कारण कसरी पुगुँ भनेर निकै बेर सोँचेर बसेँ! सोँच्दा सोँच्दै झन् मेरा नौ नारीहरु गल्न थाले,पुरै शरीर नै लल्याकलुलुक भएको अनुभुति भयो,घिस्रिएर माथिसम्म जाने आँट नै आएन!त्यसपछि अब मन्दिर नजाने निर्णय गरेँ, अनि त्यही पीपलको फेदलाई समाएर रुँदै रुँदै म्हेपि मातालाई सम्झिँदै भनेँ! हे माता आजसम्म मलाई यती ठूलो विपत्ति कहिल्यै परेको थिएन बाह्र वर्षको यो लामो अन्तरालपछि तिम्रो शरणमा आएको छु! २०६३ साल बैशाख २९ गते शुक्रबार का दिन् तिम्रै काखमा बसेर तिमीलाई नै साक्षी राखेर मेरी नानुको हात मागेको थिएँ, आज २०७५ साल अशोज ९ गते मंगलबारका दिन् ऊनले पनि मेरो साथ् छोड्दैछिन्!मेरी नानुलाई आजबाट तिम्रो जिम्मामा छोडेको छु,ऊनको रक्षा गर है?विहानको ६ बजेको थियो,कोठमा फर्कन मन् नै लागेन,सिधै अनामनगर आफ्नो अफिसमा गएँ,अनि ढोका थुनेर एक्लै बेस्सरी रोएँ! रुँदा रुँदा विहानको १० बजेछ,मोवाईलमा वकिलको फोन आयो,त्यसपछि लागेँ जिल्ला अदालत बबरमहल तीर! अदालतमा उनीसँग एक शब्द पनि बोलचाल भएन,अभियोग दर्ता शाखाको ढोका नीर पक्ष विपक्ष वकिल सहित् हामी आ-आफ्नो पेपरमा हस्तक्षर धस्काउन थाल्यौँ,आँखाबाट आँशुका धारा बग्ने क्रम जारी नै थियो, दिउँसोको दुई बजेको थियो!काठमाडौं जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेलको ईजालसले हाम्रो सम्बन्ध बिच्छेदको अन्तिम फैसला सुनाईदिए,ऊनी आफ्नो बाटो लागीन् अनि म आफ्नो बाटो! यत्तिमा सकियो वर्षौं लगाएर जोडिएको हाम्रो त्यो ऊनी र म बिचको एऊटै रथका दुई पाँङ्ग्राको सम्बन्ध! अन्तमा: हे सृष्टिकर्ता भगवान्! तिमी आफैँ मैले धान्नै नसक्ने गरी खुसी दिन्छौ,त कहिले सहनै नसक्ने गरी पीडा दिन्छौ! तिमी सँग मेरो कुनै गुनासो छैन,जती दियौ सबै लुट्यौ!मेरो वास्तविक जीवन् कतै किताबमा पढिएको श्रवणकुमारको कथा जस्तो नहोस्! किनकी मेरो भरमा डाँडा माथि अस्ताउन लागेका घाम् जुन् सरीका वृद्ध वृद्धा बा-आमा हुनुहुन्छ!केही समय ऊहाँहरुको सेवा गर्ने ठूलो ईच्छा छ,मेरा बा- आमाको शेखपछि मलाई यो धर्तीमा एक सेकेण्ड पनि नराख्नु है? यसैमा मेरो कल्याण हुनेछ ।।।।। नीलमणि भण्डारी

को हुन् निलमनी भण्डारी उनकै आफ्नो शब्दमा,
जन्मस्थान् भोजपुर दिँङ्गला, पिताको नाम बिष्णु प्रसाद भण्डारी माताको नाम रण कुमारी भण्डारी, जन्मेको सात महिनामा पोलियो रोगका कारण अपांग जिवन् बिताइरहेको छु, मेरा दूबै खुट्टा र एउटा बायाँ हात पूर्ण रुपमा चल्दैनन्, विगत २०५८ साल देखि साँगितिक छेत्रमा लागिरहेको छु, मेरा अहिले सम्मका गिति एल्बम हरु:- मायाँ गाँसेर, चारतिरै बास्ना छरेर, कुहिरो लाग्यो, अभागीको कर्म, खोयाविर्के, अब बजारमा आउने क्रममा रहेका एल्बम हरु :- म चिन्दिन भने, र अपाङ्ग जिवन।

पेशागत रुपमा काठमाण्डौका दोहोरी साँझ हरुमा ८ वर्ष गीत गाएँ, म पुर्वको मान्छे भएपनि पश्चिमे दोहोरी गीत गाउँछु, २०६२ सालमा बुटवलको औद्योगिक प्रदर्शनी मेलामा दोहोरी गीत प्रतियोगिता गरिएको थियो, त्यस बखत अहिलेकी चर्चित गायिका बहिनी देवि घर्ती दोस्रो र म प्रथम पुरस्कार जित्न सफल भएको थिएँ। नेपालमा भएका धेरै दोहोरी प्रतियोगितामा म प्रथम् भएको छु, त्यस बखत अहिलेको जस्तो युट्युब च्यानल र हरेक सामाजिक सञ्जाल भइदिएको भए आज म लाखौँ दर्शक र श्रोताको मन् मुटुमा बस्न सफल हुन्थेँहोला।तर बिडम्बना नै भन्नुपर्छ मैले गित सँगितको छेत्रलाई निरन्तरता दिन सकिन, कारण थियो आर्थिक अभाब् र मेरो शारिरीक अबस्था। हाम्रो यति सानो देशमा ३२ लाख अपाङ्ग हरु छौँ, त्यो ३२ लाख अपाङ्ग मध्येमा एक म पनि पर्छु, म जस्ता कति अपाङ्ग दाजुभाई दिदीबहिनीहरु आफ्नो प्रतिभा लाई गुम्स्याएर बसेका होलान् तिनिहरुको पिडा कसले बुझ्छ। म त छक्क परेको छु, अगाडी बढ्न खोज्दा खुट्टा तान्ने प्रचलन हाम्रो

देशमा मात्रै हो कि अरु देशमा पनि छ कुन्नि? सँगै सङ्घर्ष गरेका एउटै स्टेजमा गित गाएका र म सँगै मेरो कोठामा बसेका अहिलेका राष्ट्रिय कलाकारको उपाधि पाईसकेका साथिहरुले मलाई नचिन्दा चाहीँ साह्रै दुःख लाउँछ। दुई चार ओटा एल्बम निकाल्दैमा र दुई चारओटा देश घुम्दैमा आफूलाई यो संसारकै सबैभन्दा ठूलो कलाकार ठान्ने हरुलाई मेरो भन्नु केही छैन। कहिले काहीं त यस्तो लाग्छ, मेरो कलाले यो साँगितिक जगतमा एउटा सानो स्थान सम्म नपाउँदा म किन नेपाल जस्तो गरिब देशमा जन्मेछु। तर यो देशका मान्छे हरु जति नै स्वार्थी भएपनि मलाई मेरो देश नेपाल नै प्राण भन्दा प्यारो लाग्छ, र ति स्वार्थी मान्छेहरुप्रति दया लागेर आउँछ। म एउटा पुस्तक प्रकाशन गर्ने क्रममा छु साहित्य प्रति पनि मेरो झुकाब भएको कारणले गर्दा मेरो जिवनी त्यहि पुस्तकमा लिएर चाँडै आउँदैछु,

अहिले त्यही पुस्तकको लेखन कार्यमा आफ्नो समय खर्चिरहेको छु, गित संगीत र साहित्यलाई सँग सँगै अगाडी बढाउने प्रयासमा छु, हेरौँ समयले कहाँ पुर्‍याउँछ। र मेरो अर्को चाहना भनेको मैले चढ्ने चारपाँग्रे स्कुटरको बायाँपट्टिको चक्कामाथि बसेर एउटै हातले र एउटै ब्रेकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यात्रा गर्ने इच्छा छ, त्यसैगरी भोटेकोशीमा बञ्जिजम् गर्ने इच्छा छ, तर यो सबै गर्नको लागी तघारो बनेको छ, मेरो गरीबी। त्यसैले देश विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजू भाई दिदी बहिनी हरु सँग सहयोगको अपिल गर्दै मेरा दुई शब्दलाई यहीँ पूर्णँविराम दिएँ।

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.