विदेशीएकाहरुको यर्थाथ कथा सेतो साडि सार्वजकि (भिडियो)

झण्डै १० बर्ष विदेशमा श्रम गरेका सर्जक जितेन्द्र बानियाँको यथार्थ परक गीत सेतो साडिमा आज काठमाडौंमा विमोचन गरिएको छ । विदेशमा श्रम गर्न बाध्य नेपालीहरु र उहाँहरुमा आश्रीत परिवारको कथा ब्यथा समेटिएको गीतको म्युजिक भिडियो आज राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला, बरिष्ठ संगीतकार राजु सिंह, अन्तराष्ट्रिय साहित्य समाजका अध्यक्ष राद्देश्याम लेकाली लगायतका श्रष्ठाले सार्वजनिक गर्नुभएको हो । विमोचन कार्यक्रममा बोल्दै, राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलाले गीतले विदेशिएका धेरै नेपालीको पिडा समेटेको भन्दै, स्वदेशमै केही गर्न र धनकै लागि विदेशिन नपरोस भन्ने मर्मलाई उठाएको बताउनु भयो । बरिष्ठ संगीतकार राजु सिंहले बाध्यताले देश छोड्ने नेपालीको बाध्यता र उनीहरुको परिवारले भोग्नुपरेका पिडालाई गीत र भिडियो मार्फत उकृष्ट ढंगले पस्किएको भन्दै प्रशंसा गर्नुभयो । अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राद्देश्याम लेकालीले नेपालीहरुको परदेशिनु पर्ने बाध्यता र त्यसले ल्याएको नकरात्मक पक्षबारे चर्चा गर्नुभयो । कोठे क्रियशनको प्रस्तुतिमा जितेन्द्र बाँनियाको सेतो साडिमा गीतमा गायक सागर संसार राईको स्वर तथा संगीत संयोजन रहेको छ भने संगीत विनोद बस्नेतको संगीत सुन्न सकिन्छ । राजेश पुमाराईको निर्देशन रहेको यो गीतको म्युजिक भिडियामा बरिष्ठ कलाकार सुरविर पण्डित, तथा नायीका सुनिशा बजगाईं र प्रविण केसीको अभिनय हेर्न सकिन्छ । उत्सव दाहालको छ्याङ्कन रहेको भिडियोको सम्पादन विकाश दाहालले गर्नु भएको हो। श्रजक जितेन्द्र बानियाँ झण्डै १० बर्ष कोरियामा श्रम गरेर फर्किएर पुन गीत संगीत र साहित्यमा सक्रिय हुनुहुन्छ ।