पुराना कलाकारको भन्दा कम हुँदैनन् नयाँ कलाकारका दोहोरी (भिडियो)

नेपालमा लोक तथा दोहोरी गीत धेरैले सुन्छन् । देशैभरी हुने मेला तथा महोत्सवमा लोक तथा दोहोरी गीतलाई अग्रणी स्थानमा नै आयोजकले राखेका हुन्छन् । पोखरामा तेस्रो काहुँ धरहरा महोत्सव जारी छ । पोखराको नजिकै रहेको डाँडामा महोत्सव चलिरहँदा दर्शकको उल्लेखनीय उपस्थिती पाउँदै आएको छ । पोखरा अघिकाँश भूभाग उक्त स्थानबाट देख्न सकिन्छ । उचाईका हिसाबले सराङ्कोट उच्च भएपनि पोखराको अधिकाँश भूभाव देखिने भएकाले दृश्यावलोकनका लागी काहँु डाँडानै प्रमुख हो ।
महोत्सव जानेहरुका लागी काहुँ धरहराबाट दृश्यावलोकनका साथै नेपाली संगीतमा मनोरंजन लिन सक्छन् । महोत्सवमा नयाँ तथा पुराना गायक गायीकाहरुको प्रस्तुती छ । शनिबार मात्र चर्चित र्यापर लाहुरेले प्रस्तुती दिए । महोत्सवमा खुल्ला दोहोरी गीत प्रतियोगीता पनि छन् । चर्चित कलाकारहरुको दोहोरी भन्दा नयाँ कलाकारहरुको दोहोरीमा दर्शक झुमिरहेका छन् । हेरौं यो दोहोरी गीत ।