रबि ओढको आँसु र झुपडीले दुनियाँलाई रुवायो भन्दै सामाजिक संजालमा आशु खसालिन (भिडियो सहित)

स्कटनेपाल युके,

एपीवान टेलिभिजबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन २ को उत्कृष्ट होनहार प्रतिसप्रधी रवि ओड सुदुरपश्चिमबाट फाईनलमा पुग्न सफल भएका छन्। फाईनलमा रवि ओडसंगै पुर्वबाट सुमित पाठक र अस्मिता अधिकारी छन् । पहिलो नेपाल आईडल बन्न सफल पोखरेली युवा बुद्ध लामा कै जिल्ला बाट पुन: आईडलको ताज भिर्ने दाउमा छन् अर्का अब्बल गायक बिक्रम बराल ।

चारै जनाको प्रतिभा धमाकेदार नै छ । नेपाल आईडल को होला त ? कस्को भाग्यमा नेपालको दोस्रो आईडल को ताज क़ब्ज़ा गर्ने शक्ति छ त ? यि प यस्तै प्रश्नहरु धेरै नै छन् । तर , सामाजिक संञ्जालमा देखिएको उत्साहा र समर्थन हेर्ने हो र विश्लेषकहरु को भनाई लाई पनि मान्ने हो भने यसपाली रवि ओडको पल्ला भारी छ भनेर ठोकुवा गर्न थालिसकेका छन् ।

रवि ओडको होम भिजिटका बेला प्रस्तुत गरिएको सवै कृयाकलाप देश र विदेशमा सवै ले हेरेर प्रतिकृया दिएका छन् । भावुक हुदै रवि आफ्नै घर अगाडी भक्कानिएर आमाबुवा भन्दै रोएको दृष्यले जो कोही पनि रुन पुगेको हो । एकदमै मार्मिक र समाजकालागि रविको जित संदेशमुलक हुने भन्दै सवैले सकृयता देखाएका हुन् ।

त्यसैगरी चर्चित संचारकर्मी सरु सुनारले त झन पोखराबाटै सिधै लाईभमै आएर रविको खुलेर प्रशंसा गर्दै भोट दिने पोखरेली जनता धेरै नै रहेको किटान पनि गरिन् । उनले रवि ओडको कथा ले मन छोएको प्रतिकृया दिदै देशको आईडल रवि हुनुपर्नेमा जोड़ दिनु भएको छ ।
उहा भन्नुहुन्छ :
”समुन्द्रको गहिराइमा अक्सर भेटिन्छ मोति, हिलो पोखरीको बिचमा फुल्ने गर्छ कमलको फुल, पहाड, चट्याङलाई फोरि उम्रन्छ पिपलको रुख, गरिबी पीडा र झुपडीबाट रबि ओढको गुन्जिनछ संगितको धुन,” नेपाल आइडल टोप ४ मा पुग्न सफल रबि ओढको यो आँसु र झुपडीले दुनियाँलाई रुवायो, हामी सबैले यो आवजलाइ साथ दिउ भोट गरौ भोटिङ खुल्ला छ भन्दै सुनार आफ्नो फेसबुक वालमा रबि ओढको समर्थन गर्दै स्टाटस लेखी जानकारी गराउनु भएको छ ।

भिडियोमा हेर्नुहोला :

रवि नेपाल आइडल दोस्रो संस्करणमा सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी हुन्। नेपाल आइडलमा अबको बिहीबार हुने प्रस्तुतिपछि हप्ता दिनका लागि भोटिङ खुल्ला रहने छ। यस भन्दा अगाडिको प्रस्तुतिमा १८ घण्टाका लागि मात्र भोटिङ खुल्ला हुँदै आएको थियो।

एउटा कलाकार रास्ट्रको गहना हुन्छ । जसले समाज लाई प्रतिबिम्बित गरेको हुन्छ, लुकेका आवाजहरुलाई सबन्धित निकाय सम्म पुराउने काम पनि गर्द्छ । आफ्नो भेश भुसा, कला सस्कृती लाई जगेर्ना गर्ने काम पनि गर्द्छ । सुदुर तथा मध्य पशिमका देउडाहरु लाई रास्ट्रीय मन्च सम्म पुराउन र सम्पूर्ण सुदुर तथा मध्य पशिम बासीहरु लाई एक जुट पार्ने काम रबी ओडले गर्दै आएका छन् । नेपाल आइडलको आगामी यात्रा सफल पार्न अधिक मात्रामा रबिलाइ भोट दिनु आबश्यक छ। उहाँको आइडल र साङ्गितिक यात्रा सफल पार्नको लागी रबी ओड लाई सबैले भोट गरेर सहयोग गर्न स्कटनेपाल परिवार हार्दिक अपिल गर्दछ।