नेपाल आइडल तिस्पर्दी अस्मिताले गरिन भोटको अपिल (हेर्नुहोस् भिडियो)

चर्चित रियालिटी शो नेपाल आइडलको सिजन २ को टप ४ मा पुगेकी झापाकी अस्मिता अधिकारीले नेपाल आइडलमा आफुलाई जिताउन आफ्ना शुभ चिन्तक संग भोटको अफिल गरेकी छन । टप ४ मा पर्न सफल ४ प्रतिस्पर्दीहरुलाई एपि वानले होम भिजिट संगै बिभिन्न स्थानमा कार्यक्रम गराएको थियो । गृह जिल्ला झापा आएकी अस्मिताले आफुलाई जिताउन झापा बासि संग हात फैलाएकी छन । झापा आए लगतै एरपोटमा सुमितले गरेको दुब्र्यावारले कार्यक्रममा खुल्न नसकेकी अस्मिताले दर्शकलाई भने भरपुर मनोञ्जन दिएकी थिन । यो साता भरिनै उनिहरुको बिबादले चर्चा चुम्यो भने चतुर स्वभावका सुमित पाठकले “चोरको खुट्टा काट भन्दा चोरले खुट्टा ताने झै” काठमाडौ पुगे लगतै अस्मितालाई लाईभमा ल्याएर सुमितले घटना ढाक छोप गर्न खोजेको देखियो ।

नेपाल आइडलको टप–४ मा पर्न सफल अस्मिता अधिकारी र सुमित पाठकले शनिबार र आइतबार गृह जिल्ला झापा आएर छुट्टा छुट्टै कार्यक्रम गरेका थिए । दिउँसो १२ बजे भद्रपुर विमानस्थलमा उत्रिएकी अस्मितालाई विमानस्थलमै अपमानित भए पछि निराश हुदै दमक आएकी थिन । तर झापामा भव्य स्वागत गरिएको थियो । हातमा फूलमाला बोकेर लामबद्ध लागेका शुभचिन्तकहरुले उनलाई स्वागत गरेका थिए । झापाको लखनपुर घर भएकी अस्मिताले गोल्डेन टिकट पाएर नेपाल आइडल सिजन–२ को यात्रा शुभारम्भ गरेकी थिइन् । गृह जिल्लाबाट अनेक कठिनाइ र समस्याहरूसँग लड्दै नेपाल आइडल सिजन २ को टप ४ सम्म आइपुगेकी अस्मिता स्वरकी धनी छिन् । नेपाल आइडलमा उनको स्वरको जति चर्चा गरिन्छ उत्ति नै लय पनि मिलेको हुन्छ। त्यसैले त उनी नेपाल आइडलका जजको मनपर्ने प्रतिस्पर्धीमा पर्छिन् ।