नेपाल आइडलकी शान अस्मिता अधिकारी भन्छिन : ‘गित गाएर बिरामी निको पार्छु’ भाबुक बनाइन (भिडियो सहित)

स्कटनेपाल युके,

‘गित गाएर बिरामी निको पार्छु’ नेपाल आईडल सिजन २ को काठमाण्डौ अडिसन हुँदै टप ५ मा पर्न सफल अस्मिता अधिकारीले प्राय जसो हरेक अन्तर्वार्तामा भन्नेगरेको शब्द हो यो । झापामा जन्मिएकी उनी काठमाण्डौ युनिभर्सिटि अन्तर्गतको नेपाल मेडिकल कलेज जोरपाटीबाट बि.एस.सि नर्सिङ बिषयमा ग्राजुएट छिन् । अस्मिताले निकैनै मेहनत गरेर अहिले चर्चित रियालिटि शो नेपाल आइडलको दोस्रो संस्करण टप ४ मा पुगी प्रतिस्पर्धी बनेकी छन् ।

अहिले नेपाल आइडलमा टप 4 प्रतिस्पर्धी मात्रै बाँकी छन्। ती हुन् सुमित पाठक, विक्रम बराल, रवी ओड, अस्मिता अधिकारी। अबको केही महिनाभित्र देशले पक्कै पनि दोस्रो नेपाल आइडल पाउनेछ।

नेपालकै चर्चित रियालिटि शो नेपाल आइडलको दोस्रो संस्करण टप ४ को समिकरण सकिएका छ । टप ४ मा पोखराका बिक्रम बराल, कंचनपुरका रवि ओड, झापाका अस्मिता अधिकारी र सुमित पाठक पुगेका छन । यसपटकको फिनाले टप ४ मै हुने भएकाले पनि नेपाल आईडल को बन्छ भन्ने चर्चा र बहस चल्न थालेको देखा परेको छ । केहि दिन अघिमात्र ‘टप ४’ मा पुगेका सबै प्रतिस्पर्धी आफ्नो ग्रृहनगरमा पुगेर समर्थकलाइ भेटघाट गरेर काठमाडौँ फर्किएका छन।

हेरौ यो लाइव भिडियो अस्मिता अधिकारीको सामाजिक संजाल मार्फत अपिल र उनको मिठो आवाजमा यो भिडियो ।