४५ जनाका पिता भन्छन : म तल माथी हुदा बित्तिकै यी बच्चाहरु सडकमा जानछन, म मर्न चाहन्न (भिडियो सहित)

स्कटनेपाल युके,

बिगत ८ बर्ष देखि काठमाडौँ गोकर्णमा अबस्थित संयूक्त अपाङ्ग एकता आवाज केन्द्रमा आश्रित् अहिले चालिस ४५ जना अनाथ तथा अपाङ्ग बालबालिकाहरु आश्रय लिएर बसेका छन्, जसमा द्वन्द पिडित देखि भुकम्प पिडित सम्मका बालबालिका हरु छन् । दयनिय अबस्था मा आश्रित बालबालिकाहरु भुकम्प पछिका दिन हरुमा झन् बेसी दयनिय अबस्थामा पिडा भोग्दै असुरक्षित घर मा बस्न बाध्य छन् । संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका अध्यक्ष्य तिल बहादुर कार्की आफै पनि एक अपाङ्ग हुन् तर पनि उनीले सम्पूर्ण दाताहरु को सहयोगले गर्दा आज सम्म सस्थामा आश्रित चालिस जना अनाथ तथा अपाङ्ग बालबालिका हरु लाइ आश्रय दिएर उनीहरुको भरण पोषण देखि लिएर शिक्षाको राम्रो ब्यबस्था गर्दै आएका तिल बहादुर कार्की अहिले आफै थला परेको जानकारी गराएक छन् ।
उनले आफ्नो फेसबुक मार्फत स्टाटस लेखी सहयोगी मनहरुलाई उनलाई बचाउनको लागी अपिल गरेका छन् । उनी भन्छन मेरो दुबै खुट्टा नचल्ने भयो उपचार गर्ने पैसाको खाचो भयो नसा च्यापियको कारण पहिला एक खुट्टाको उपचार गरेको फेरि अर्को खुट्टाको नसा च्यपियको छ पैसको अभाभले गर्दा म थला परेको छु पिलिज मलाइ सहयोग गर्दिनु होला सम्पुर्ण देश बिदेशमा बस्ने दाजु भाइ तथा दिदि बहिनि हरुमा अनुरोध गर्दछु (9851087049)यो नम्बरमा कल गर्न सक्नु हुन्छ ।

उनको सपना भनेको आफु मरेर गए पनि सस्थामा आश्रित बालबालिकाहरुको भबिष्य उज्ज्वल बनाउनु हो, अहिले बस्दै आएको भवन असुरक्षित र भाडा महँगो पनि भएको ले गर्दा उनीले गोकर्णमा जग्गा भाडामा लिएर आफ्नै आश्रय स्थल टहरा बनाउने निर्यण गरे, जहा चालिस जना अनाथ तथा अपाङ्ग बालबालिका हरुको भबिष्य सुनिश्चित बनाइ उनीहरुलाइ मुलुकको एक असल नागरिक बनाउन अहिले सस्थाका अध्यक्ष्य तिल बहादुर कार्की लागि परेका छन् । अध्यक्ष्य तिल बहादुर कार्की आफै अपाङ्ग हुन्, जसले २५ बर्ष सम्म पशुपतिनाथ र बौद्ध क्षेत्रको सडकपेटीमा मागेर जम्मा गरेको पैसा बाट आफु जस्तै अनाथ तथा अपाङ्ग बालबालिका हरु लाइ आश्रय दिएर उनीहरुको अभिभाबक बनि गास बास कपास र शिक्षा दिन सुरु गरेका हुन् र अहिले उनि सस्थामा आश्रित बालबालिका हरुको एक असल अभिभाबक एक असल माता पिता बनेर उनीहरुको भबिष्य उज्जवल बनाउन दिन रात लागि परेका छन् ।

त्यस्तै बिगत केही महीना अघी स्कटनेपाल रोधीघर प्रस्तोता निलमनीले लिएको अन्तरबार्ता पनी सोही भिडियोमा समावेस गरिएको जानकारी दिन चाहन्छौ: उहा भन्नु हुन्छ काठमाडौंको गोकर्णमा अबस्थित संयूक्त अपाङ्ग एकता आवाज केन्द्रमा आश्रित् अनाथ असहाय द्वन्दपिडित भुकम्प पिडित बाढीपहिरोबाट पिडित र अपाङ्ग भाईबहिनीहरु सँग बसेर एक छिन् भएपनि रमाईलो गर्न पाउँदा हामी निकै खुसी भएका छौँ। हामी सबैले आजको यो भेट् र ऊहाँको समाजसेवा प्रतिको उदाहरणीय कामलाई शिक्षाको रुपमा ग्रहण गरेका छौँ। आभारी छौँ समाजसेवी आदरणीय दाई आङकामी शेर्पा ज्यू प्रति! र सलाम छ हजुरले यो सँस्थालाई समर्पण गर्नुभएको योगदान प्रति।यी वालवालिका हरुसँगको रमाइलो साँस्कृतिक कार्यक्रम र संयुक्त अपाङ्ग एकता केन्द्रका सँस्थापक अध्यक्ष तिल बहादुर कार्की ज्यू सँग गरीएको कुराकानीलाई पुरा भिडियो हेरी दिनु होला ।

यदि तपाई हरु पनि तिल बहादुर कार्की सस्थाका अध्यक्ष्य अहिले आफैमा पिडितलाइ सहयोग गर्न चाहनुहुन्छ भनी यो नम्बरमा +९८५१०८७०४९ सम्पर्क गर्नु होला ।