एउटा गरिबको झुपडीमा गुम्सियको स्वर ‘नेपाल आइडल’ को चर्चामा (भिडियो सहित)

स्कटनेपाल युके,

एपीवान टेलिभिजबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन २ को उत्कृष्ट ४ मा पुग्न सफल भएका रवि वडलाई अहिले आफ्नो गाउ ठाउँ प्रदेश सुदूरपश्चिममा पञ्चेबाजासहित स्वागत गरेका छन्। विमानस्थलमै समर्थकसँग कुराकानी गर्दै वडले उत्कृष्ट चारसम्म पुर्याएकोमा समर्थकलाई धन्यवाद दिए। अझै पनि आफूलाई भेट गर्न उनले अपिल गरेका छन्।

रवि नेपाल आइडल दोस्रो संस्करणमा सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी हुन्। नेपाल आइडलमा अबको बिहीबार हुने प्रस्तुतिपछि हप्ता दिनका लागि भोटिङ खुल्ला रहने छ। यस भन्दा अगाडिको प्रस्तुतिमा १८ घण्टाका लागि मात्र भोटिङ खुल्ला हुँदै आएको थियो।

एउटा कलाकार रास्ट्रको गहना हुन्छ । जसले समाज लाई प्रतिबिम्बित गरेको हुन्छ, लुकेका आवाजहरुलाई सबन्धित निकाय सम्म पुराउने काम पनि गर्द्छ । आफ्नो भेश भुसा, कला सस्कृती लाई जगेर्ना गर्ने काम पनि गर्द्छ । सुदुर तथा मध्य पशिमका देउडाहरु लाई रास्ट्रीय मन्च सम्म पुराउन र सम्पूर्ण सुदुर तथा मध्य पशिम बासीहरु लाई एक जुट पार्ने काम रबी ओडले गर्दै आएका छन् । नेपाल आइडलको आगामी यात्रा सफल पार्न अधिक मात्रामा रबिलाइ भोट दिनु आबश्यक छ। उहाँको आइडल र साङ्गितिक यात्रा सफल पार्नको लागी रबी ओड लाई सबैले भोट गरेर सहयोग गर्न स्कटनेपाल परिवार हार्दिक अपिल गर्दछ।