सुमित र अस्मिताले एकै साथ आएर खोले लफडाको बास्तबिकता , दुबैले हात जोडेर माफ मागे (भिडियो सहित)

चर्चित रियालिटि सो नेपाल आइडलको सिजन २ को टप ४ मा पुगेका झापाका सुमित पाठक र अस्मिता अधिकारीलाई गृह जिल्ला झापामा भव्य स्वागत गरिएको छ ।नेपाल आइडलको टप–४ मा पर्न सफल सुमित पाठक र अस्मिता अधिकारी शनिबार गृह जिल्ला झापा आएका हुन् । दिउँसो १२ बजे भद्रपुर विमानस्थलमा उत्रिएका सुमित र अस्मितालाई विमानस्थलमै भव्य स्वागत गरिएको थियो । उनिहरुको स्वागतमा ठूलो संख्यामा शुभचिन्तक तथा आफन्तहरु विमानस्थल पुगेका थिए ।हातमा फूलमाला बोकेर लामबद्ध लागेका शुभचिन्तकहरुले उनिहरुको स्वागत गरेका थिए । सुमित र अस्मिताका आ-आफ्नै फ्यानहरुले लगाएको हुटिङ्ले माहोल तातेको थियो ।

उनिहरुका आ-आफ्नै फ्यानहरु सेल्फि खिच्न ब्यस्त देखिन्थे । उनिहरुसँग अंकमाल गर्न र फोटो खिच्न तछाड मछाड भएको थियो, जसको कारण माहोल नै अस्तब्यस्त बनेपछी प्रहरीलाई माहोल नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । उनीहरुलाई प्रहरीले स्कटिङ गरी गृहनगर लगिएको थियो । सुमित र अस्मिताबीच गाडीको बिषयमा झगडा भएको थियो भनेर केहि गसिप समाचार आएका थिए । यस बिसयमा सबै दर्शकहरु अन्योल परेका थिएअ बास्तबिकता के हो ? आज अस्मिता र सुमित फेसबुकमा लाइभ आएर बास्तबिकता बताएका छन् ।