विश्व सुन्दरी श्रृंखला रुँदा रुँदा आँखा सुन्निनुको रहस्य यसरी बाहिरीयो (भिडियो सहित)

विस्वभरी चर्चाको शिखरमा रहेकी श्रृंखलाको बिषयमा फेसबुकमा राखिएको यो सामग्री अत्यन्तै जानकारीमूलक भएको कारण धेरैले पढून भनी लेखको रुपमा राख्ने निर्णय गरेका हौं । यस्का लेखक रामकुमार श्रेष्ठ लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक हुन ।

मिस वर्ल्डको शुरुवातीमा नै उन्का लागि तयार पारिएको ड्रेसको डिजाइनका कारण उन्को वाकमा देखिएको समस्या र टप ३० मा पर्नका लागि भएको ‘हेड टू हेड च्यालेन्ज’मा शृंखला दोस्रो चरणमा सिंगापुरे सुन्दरीबाट पराजित भएपस्चात नेपालीका तर्फबाट देखा पर्न थालेका नेपालीहरुको नकारात्मक गाली गलौजलाई नकारात्मक धारतिर जानबाट रोक्न उन्ले संपूर्ण गल्ती आँफैले लिएर जुन कौशलता प्रदर्शन गरिन त्यो अत्यन्तै प्रसंशनिय काम हो ।

मिस वर्ल्डमा धेरै नै महत्वका साथ हेरिने “ब्युटी विद पर्पज” शृंखलाले बनाएको भिडियो विस्वभरका ११९ देशका सुन्दरीले लिएर गएका मध्येबाट सर्टलिस्ट गरिएका २५ भिडियोमध्येबाट पनि उत्कृष्ट भएर प्राप्त गरेकी हुन जुन तयार गर्न उन्ले निकै नै मेहनत गरेको देखिन्छ र अत्यन्तै मार्मिक पनि छ । अत्यन्तै मेहनत र दु:ख गरेर तयार गरिएकोमा त्यस्का लागि प्राप्त परिणामकै कारण उनी रुँदा रुँदा आँखा सुन्निएको हो भन्ने कुरा उक्त भिडियो हेरेपछि बुझ्न सकिन्छ ।

पुरा भिडियोमा सुन्नु होला :