जन्म दिने आमा नभएका सुमितले आएर हजुर आमालाई भक्कानिदै खुट्टा ढोगे, हजुर आमाको कुरा सुन्दा सबैको आँशु आयो (भिडियो सहित)

स्कटनेपाल,

चर्चित रियालिटि सो नेपाल आइडलको सिजन २ को टप ४ मा पुगेका झापाका सुमित पाठक र अस्मिता अधिकारीलाई गृह जिल्ला झापामा भव्य स्वागत गरिएको छ ।नेपाल आइडलको टप–४ मा पर्न सफल सुमित पाठक र अस्मिता अधिकारी शनिबार गृह जिल्ला झापा आएका हुन् । दिउँसो १२ बजे भद्रपुर विमानस्थलमा उत्रिएका सुमित र अस्मितालाई विमानस्थलमै भव्य स्वागत गरिएको थियो । उनिहरुको स्वागतमा ठूलो संख्यामा शुभचिन्तक तथा आफन्तहरु विमानस्थल पुगेका थिए । हातमा फूलमाला बोकेर लामबद्ध लागेका शुभचिन्तकहरुले उनिहरुको स्वागत गरेका थिए ।

सुमित र अस्मिताका आ-आफ्नै फ्यानहरुले लगाएको हुटिङ्ले माहोल तातेको थियो । उनिहरुका आ-आफ्नै फ्यानहरु सेल्फि खिच्न ब्यस्त देखिन्थे । उनिहरुसँग अंकमाल गर्न र फोटो खिच्न तछाड मछाड भएको थियो, जसको कारण माहोल नै अस्तब्यस्त बनेपछी प्रहरीलाई माहोल नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । उनीहरुलाई प्रहरीले स्कटिङ गरी गृहनगर लगिएको थियो । सुमित झापाको सुरुङाबासी हुन् भने अस्मिता कमल गाउँपालिकाबासी हुन् । उनीहरुलाई भोट माग्न झापाका विभिन्न स्थानमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.