दुर्गेश, पवन र अरबिन्द्रले किन गाउँमा हल्ला हुने भो भन्दै छन् त ( भिडियो सहित)

भर्सटायल गायक पवन राना मगरले फेरि आफ्नो उत्कृष्ट प्रस्तुति हल्ला हुने भो लिएर आएका छन । लोक दोहोरी,आधुनिक, मौलिक संस्कृति झल्कने कौराहा,सालैजो, पप सबै बिधाको गीत अब्बल रुपले गाउन सफल गायकमा पर्ने गर्छन उनी । हल्ला हुने भो गीतमा चिर परिचित गायक तथा शब्द संकलक अरबिन्द्र भट्टराईको लय तथा शब्द सृजना रहेको छ । चर्चित गायक तथा मोडेल दुर्गेश थापा र रितु तामाङ अभिनित यश गीतलाइ मौसम हिमालिले निर्देशन गरेका छन ।लोक पप बिधामा आधारित रहेको हल्ला हुने भो गीतले सार्वजनिक भए लगतै निकै राम्रो राम्रो प्रतिक्रिया पाउन सफल भएको छ । चर्चा परिचर्चा बटुल्दै गरेको यश गीतले सबै दर्शक श्रोताको मन जित्नेमा ढुक्क रहेको बताउछन गायक पवन राना । *कौरा* चलचित्रका नायक समेत रहेका पबनले यश अघिनै युके, मलेसिया लगायतका देशहरुमा आफ्नो प्रस्तुति दिइसकेका छन । भिडियो हेर्नका लागि तल क्लिक गर्नु होला