बेशी गाउँको रोधीमा किन आउदिन भन्दैछन त गायक भागिरथ चलाउने (भिडियो सहित)

आफ्नो नया नया सृजना, मौलिक स्वर जस्ता धेरै बिशेषताले परिचित गायक भागिरथ चलाउनेले फेरी आफ्नो अर्को उत्कृष्ट कोसेली लिएर आएका छन् । “बेशी गाउँको रोधी” नामक गीत भखर्रै सार्वजनिक गरेका गायक चलाउनेको यस गीतले चर्चा परिचर्चा लिन थालिसकेको छ ।

जुन गीतमा भागिरथ चलाउने र सम्झना भण्डारी सुमधुर स्वर रहेको छ भने दिनेश सापकोटाको शब्द, भागिरथ चलाउने कै उकृष्ट लय रहेको छ । पछिल्लो समयका चर्चित निर्देशक मौसम हिमालीको निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, प्रविन भट्टको सम्पादन रहेको छ ।

यस गीतको भिडियोमा भने अहिलेका चर्चित गायक तथा मोडल रामजी खाँण र अलिस्मा चलाउनेको डान्स हेर्न सकिन्छ । भागिरथ चलाउनेका अन्य गीतहरु जस्तै यो गीत पनि एउटा सफल गीत बनोस हाम्रो पनि शुभकामना ।

हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।