“अधिकार” मा दिपक तिरुवा र सगुन शाहीको गज्जब अभिनय (भिडियो सहित)

नेपाली गित संगीतको बजारमा दिनानुदिन कलाकार सर्जकहरुले विभिन्न परिवेशका गितहरु सार्वजनिक गरिराख्नुभएको छ। यसैक्रममा शरण फिल्म प्रालिको प्रस्तुतिमा लोकदोहोरी गित”अधिकार” सार्वजनिक भएको छ। नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका गायक दुर्गा मश्राङ्गी मगरको यो “अधिकार” नामक एल्बम सार्वजनिक भएको हो।

म्युजिक नेपाल युट्युब च्यानल बाट सार्वजनिक गरिएको उक्त गितमा स्वयम् दुर्गा मश्राङ्गी मगर र लक्ष्मी तामाङ को आवाज रहेको छ भने शब्द राजेन्द्र सुवेदीको रहेको छ। तेस्तै लय गोविन्द आलेको को रहेको छ।

सबैको मन छुने गित” अधिकार”मा अभिनय चर्चित मोडेल सगुन साही र दिपक तिरुवाले गरेका छन भने निर्देशन दिपेन्द्र तिमिल्सिनाले गरेका छन्। करण चैसिरले छायांकन गरेको उक्त गितको सम्पादन मनोज कार्कीले गरेका छन्।