यौवन के होला ! शान्ति श्री परियारलाइ ‘बोल माया’ गीत गाउने कर्ममै यस्तो प्रश्न ? (भिडियो सहित)

स्कटनेपाल युके,

सुमुधुर स्वरकी धनी लोक तथा दोहरी गायिका शान्ति श्री परियार रोल्पाको एउटा विकट गाउँ ह्वाँमा भन्ने ठाउँमा जन्मिए हुन् । उनको बाल्यकाल गाउमै बितेको थियो भनी पछी उनी रोल्पाको सदरमुकाम लिवाङमा बालकल्याण उच्च माविमा पढ्न थालिन् । सानै उमेरदेखि गीत संगीतमा निकैनै रुची राख्ने शान्ति गाउ घरमा स्कुलहरुमा हुने सांस्कृतिक कार्यक्रममा बाल्यकाल देखीनै गीत गाएर सबैको मन जिन्त सफल भइन। सानो उमेरमै काठमाडौं पुगेर आफु भित्र भएको प्रतिभालाइ अगाडी बढाउदै दोहोरी साँझहरुमा गाउन थालिन् । उनले आफ्नो सांगितिक यात्रा अगाडी बढाउने कर्ममै पहिलो एल्बम घर छ तीन तलेमा स्वर दिइन् गीतले धेरै चर्चा कमाउन न सके पनी उनी आफ्नो यात्रामा निरन्तर लागी रहिन ।

बिगतमा उनले गाएका चर्चित गित हरु एकतर्फी माया, दाम्लो माछिलाई फुरुलुङ्ग लगायत टुप्पो हल्लियरमा आफ्नो स्वर निकै अगाडी बढाउन सफल भइन ।गायन क्षेत्रमा अघि बढ्दै गर्दा अहिले पछिल्लो समयमा ३ करोड नेपालीहरुको मन छुने सत्यकथामा आधारित गीत प्रकाश सपुतको बोल माया सम्म आई पुग्दा उनी अहिले सबैको नेपालीको आखाको तरता बनेकी छिन् ।

आजको बिशेष नमस्ते बुटवल प्रोग्राममा स्कटनेपाल प्रस्तोता प्रेणा केसी संगको शान्ति श्री परियार निकैनै एक फरक अन्तरबार्तामा देखा परेकी छन् तलको भिडियोमा हेर्नु होला।