शर्मिला गुरुङ्ग, विमल परियार र भक्तराज गुरुङ्ग (धान्द्रुके) को गुरुङ्गभाषाको गित ”रोधी टिले”

नेपालको सांगितिक क्षेत्रमा पछिल्लो समय मौलिक गीतहरु हराउँदै गएका छन । आफ्नो कला र संस्कृतिलाई चटक्कै बिर्सेर पाश्चात्य संस्कृतिमा नेपाली जन मानस रमाईरहेको अहिलेको अबस्थामा पनि आफ्नो कला र संस्कृतिको संरक्षण गर्दे लाखौं श्रोता तथा दर्शकको मन मस्तिष्कमा बस्न सफल गायिका शर्मिला गुरुङले आफ्नै (गुरुङ) भाषामा नयाँ गीत रोधी टिले (रोधी बसम्) लिएर आउनुभएको छ ।

भक्तराज गुरुङ घान्द्रुके (ASP RET’D) को प्रस्तुति रहेको उक्त गीतमा कर्णप्रिय आवाजका धनी बिमल परियारले शर्मिला गुरुङलाई स्वरमा साथ दिनुभएको छ । भने लय तथा शब्द श्रृजना भने गायिका शर्मिला गुरुङकै रहेको छ । खेम गुरुङ रजनी गुरुङ प्रिती गुरुङ र बिमल परियारले अभिनय गर्नुभएको उक्त गीतको म्यूजिक भिडयो को छायाँकन राजेश घिमिरेले गर्नुभएको छ भने सम्पादन विष्णु शर्माको सम्पादन रहेको छ । निर्देशक प्रकाश भट्टले निर्देशन गर्नुभएको उक्त गीत गायक बिमल परियारको युटुब च्यनलमा गएर हेर्न सकिन्छ ।

भिडियो हेर्न याहाँ क्लिक गर्नुहोस्