रास्ष्ट्रिय लोक दोहोरी अवार्डमा कलालाइ जिताउने हैन (भिडियो सहित)

स्कटनेपाल युके,

कला लम्साल भन्दा बितिक्कै नेपाली लोक गायन क्षेत्रमा उदाउँदो चर्चित नाम हो । तनहुँ जिल्लामा जन्मिएकी कला हाल काठमाडौँमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन् । उनी सुन्दरी गायिकाको रुपमा परिचय पाएकी कलाको हजारौँ लाखौमा फ्यानहरु छन् । उनीलाइ चिनाउदा हामीले गायनमा मात्र नभई उनि मोडलिङमा उत्तिकै जम्छिन् ।

अहिले सम्म ९ वटा एल्बम बजारमा ल्याईसकेकी कलाको दुई दर्जनभन्दा बढी गीतहरुमा आवाज दिइसकेकी छिन् । उनले पुरुषोत्तम न्यौपानेसँग गाएको ‘तराई आँगन हिमालको छाना छ, कसले भन्यो हाम्रो देश सानो छ’ बोलको देशभक्ति गीत पनि चर्चामै रह्यो । पछिल्लो समय उनको ‘बनैमा पुल्यो चमेली’ बोलको गीत रिलिज भएको छ । उनी हाल त्यसकै प्रोमोशनमा व्यस्त छिन् । केही समय अगाडी उनी दशैँ तिहार उक्त समय निर्धारण गरी शान्ती नेपाली समाज बेलायतको आयोजनामा आफ्नो सांगितिक यात्रालाइ आगाडी बढाउदै बेलायत आएकी छन् र अब छिट्टै उनि नेपाल फर्किदै छन् भन्ने जानकारी स्कटनेपाललाइ कलाले दिनु भयो ।


कला लम्साललाइ भन्नु हुन्छ, राष्ट्रिय लोक तथा दोहोरिगित प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति द्वारा आयोजित, यहि मङ्सिर 29 गते हुन गइरहेको लोक दोहोरी अवार्डमा रास्ष्ट्रिय गीत बिधा अन्तर्गतको उत्कृष्ट Top 5 भित्र पर्न सफल भएकि छु शिब हमालको शब्द सङीत अनि आदरणीय दाजु पुरुशोत्तम नेउपाने र मेरो आवाजमा रहेको उक्त गीतलाई हजुरहरु सबैको माया र आशिर्वादको साथ मलाई भोट गरि सहयोग गरिदिनु हुन्छ भन्ने अपेक्षा राख्दछु
‘तराई आगन हिमाल को छानो छ’
‘कस्ले भन्यो हाम्रो देश सानो छ’
भोटको लागी 1c Type गरि 38,000 मा Send गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु
धन्यवाद ।

स्कटनेपालसंग कला लम्सालको अन्तरबार्ता लगायत स्कटनेपाल रोधीघर संचालक निलमनी भण्डारी संगको बिशेष प्रस्तुती र बाकी धेरै उनी संग जोडिएका भिडियोहरु तल हेर्न सक्नु हुनेछ ।