छोराले बजाए आमा नाचिन ढक ढक यसरी नीलमणिको जीवनमा देखियो खुसियाली (भिडियो सहित)

स्कटनेपाल युके,

स्कटनेपाल रोघिघर प्रस्तोता नीलमणि भण्डारी कला गलाका धनी एक कुशल गायक हुन्। उनी शारीरिक रुपमा अशक्त छन्। उनका हात खुट्टा मध्य एक हात मात्रै राम्ररी चल्छ। भोजपुरमा जन्मिएका नीलमणि भण्डारी गायक बन्ने ठुलो सपना बोकेर काठमाडौँ आएका हुन्। उनी जन्मिएको सात महिनाको हुँदा हातमा घाउ आएको थियो। खासमा उनलाई पोलियो लागेको थियो तर उपचार गर्न अस्पताल लानु पर्ने ठाउँमा सबैको कुरा सुनेर धामी झाक्री कहाँ लगियो। झाक्रीमाथिको अन्धविश्वासले गर्दा अस्पताल लान ढिलो भएका कारण उनको शरीर नै अपाङ्ग भएको उनले बताए। यदि बिकसित ठाउँमा उनी जन्मिएका भए सायद आज अरु जस्तै सपाङ्ग हुने थिए। उनी यसलाई आफ्नो भाग्यमा लेखिएको भागभोग मानेर चित्त बुझाउने गर्छन।

उनी प्राय लोक दोहोरी गीतहरुबाट चर्चित छन् र पछिल्लो समयमा उनले स्कटनेपाल रोघिघर संचालनमा पनि लाएको जानकारी दिए। उनले हालै पनि रवि लामीछानेको समर्थनमा व्यङ्ग प्रहार गरि गीत प्रस्तुत गरेका थिए जुन निकै भाईरल बनेको थियो। सामाजिक संजालमा उक्त गित लाखौ दर्शकहरुको मन छुन सफल भएको थियो ।

संघर्ष र दुख:का दिनहरु सम्झिदै भण्डारी भन्छन,’सुखका क्षणहरु कमै छन् मेरो जिन्दगीमा। वि.स २०५७ सालमा गायक बन्ने उद्दश्यले काठमाडौँ आए। काठमाडौँ भनेको त बाउले खाने र छोराले हेर्ने ठाउँ रहेछ। अशक्त भएका कारण धेरै दुख भोग्नु पर्यो।’ थोरै पैसा बोकेर जन्म थलो छोडेर कर्म थलो बनाउन राजधानी होम्मिएका गाउँको सोझो भण्डारीलाई एक जना रेडियो नेपालको कर्मचारी बताउने व्यक्तिले रेडियोमा गीतको अबसर दिन्छु भनेर ४ हजार रुपैया लिएर फरार भएको तितो अनुभव उनले सुनाए।

उनले आफु अशक्त भएका कारण सांगीतिक यात्राको क्रममा निकै चुनैतीको सामना गर्नु परेको उनले बताए। यस क्षेत्रमा आएपछि धेरै मिडियाले बोलाउने गर्छन तर मिडियाहरु ४/५ तल्लामाथि हुन्छन जसले गर्दा हामी जस्तालाई जान अप्ठ्यारो हुने उनको भनाई छ। उनी भन्छन,’नेपालमा अझै पनि शिक्षित् बनिसकेको छैन। धेरै शिक्षित भएता पनि कोहि यस्ता भेटिनछन् जसले शारीरिक रुपमा हामी जस्ता अपाङ्गलाई सभ्य भाषाबाट सम्बोधन नगरी होच्चाएर बोल्ने गर्छन जसकारण मन दुख्ने गर्छ।’

उनले समाज सेवीहरुको बारे देखि समाजको अबस्थालाई चित्रण गरि गीत लेखें गाउने गर्छन। भण्डारी अझै सांगेतिक क्षेत्रमा निरन्तर लागिरहेको र अझ राम्रो गायक बन्न बाँकि रहेको उनी बताउँछन। उनले आगामी दिनमा विदेशमा बस्ने नेपाली जसले पिडामा परेका व्यक्तिलाई आफ्नै दुख सम्झेर सहयोग गर्न्र सहयोगी मनहरुको बारेमा गीत गाउने बताए। उनी गायन क्षेत्रको साथै मिडियामा पनि आबद्ध छन्।

तलको भिडियोमा इजराइलबाट बिदामा नेपाल आउनु भएको समाजसेवी पवित्रा गौतमको घरमा एउटा रमाइलो सांगीतिक गौतमको सम्मान बिदाइ साझमा आफुले गित गाय र उनकी आमा नाचेको भिडियो निकैनै भाइरल भएको छ हेर्नुहोस भिडियो ।