बेलायतवासी नेपाली गायिका देशु यसरी जुटिन सामाजिक सेवामा

स्कटनेपाल युके,

बिगत केही बर्ष देखी बेलायतमा बस्दै आउनु भएको मिठो स्वरकी धनी देशु गोले उहा गायिका मात्रै नभई सहयोगी मन धन भएकी एक समाजसेवी नारी हुनुहुन्छ । दुवै मृगौलाले काम गर्न छोडेको २ वर्ष हुंदा समेत आर्थिक अभावका कारण उपचार गराउन नसकेकी मोरंगकी एक किशोरीको सहयोगमा बेलायतका नेपालीहरु जुटेको देख्दा गोलेको मनले मानेन र उहाले पिडितको उपचार खर्च भनि १ सय पाउण्डको सहयोग गर्नु भएको छ ।

बेलायतबाट सञ्चालित स्कटनेपाल मिडिया हाउसको पहलमा मोरंग सुन्दर हरैंचाकी १६ वर्षीया सोफिया अधिकारीको उपचारमा सघाउन आर्थिक संकलन थालिएको छ ।
विगत् १६ महिनादेखि भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा अर्थिक अभावका कारण उपचारको पर्खाइमा जीवन र मृत्युसँग लडिरहेकी छिन् सोफिया । सोफियाको अभियान सम्बन्धित धेरै जानकारीको लागी स्कटनेपालको आधिकारीक फेसबुक पेज र युटुब मार्फत देख्न पाइने छ ।

बौद्ध शिक्षा पढाउन अक्षयकोष स्थापन गर्ने अनाथ गरिव बालबालिकालाई।

त्यस्तै, गरिवी अनाथ बालबालिकाका हरुको लागि निःशुल्क रुपमा अध्ययन अध्ययपन गराउनका ङाम्युर ञीङ्मा ङ्युङने ल्हाखाङ गुम्बाले अक्षयकोष स्थापन गर्ने भएको जानकारी गोलेले स्कटनेपालका प्रबन्धक टिका अधिकारीलाइ जानकारी गराउनु भएको छ । अनाथ बालबालिकाहरुलाई शिक्षाको ज्योतिबाट बञ्चित हुनबाट जोगाउने उद्देश्यले गुम्बाले अक्षयकोषको स्थापना गर्न लागेको गुम्बाका विदेशी विभाग प्रमुख देशु गोलेले जानकारी दिनु भयो। धरान उपमहानगरपालिका वडा नं. १५ मा अबस्थित रहेका यस ल्हाखाङ गुम्बाले गुम्बा निर्माणपछि अनाथ तथा गरिवी बालबालिकालाई निःशुल्क शिक्षा, स्वास्थ्य, खाना र बस्ने ब्यबस्था गरिरहेको छ ।

अहिले सम्म यस गुम्बामा विभिन्न ठाउँका ११ जना बालबालिकालाई अध्ययन गराई रहेको गोलेले बताउनु भयो। गुम्बामा हुने विद्यार्थिहरु आर्थिक अबस्था कम्जोर भएका र आमा बुबाले छोडेर बिचल्लि भएकाहरु पनि रहेका छन् ।

गुम्बाबाट एक कक्षादेखि १० कक्षासम्म बौद्ध शिक्षा र अंग्रेजी विषय पढाउने उद्देश्य रहेको छ । यस कार्यका लागि देश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुले सहयोग गर्नका लागि समेत गोलेले अनुरोध गरेकी छिन् ।

गुम्बामा बालबालिकाहरुको आउने क्रम जारीनै रहेको तर गुम्बामा आर्थिक अबस्था कम्जोर भएको हुँदा उक्त बालबालिकालाई राम्रोसंग पढाउनका लागि अक्षयकोषको स्थापन गर्न लागेको गोले थप जानकारी दिनु भयो ।

सहयोगीमन हरुले सहयोग गर्न चाहनु हुन्छ भनि बैक डिटेल यस प्रकार छ ।
HSBC Bank
Mrs Desh Kumari Tamang
Short code 40-46-13
Account number 22097672==/

नेपालमा रहनुहुने सहयोगी हातहरूले स्ट्याण्डर्ड चार्टर्ड बैङ्कमा पदम बहादुर तामाङ र देश कुमारी तामाङको खाता नं १८-१६७८१८३-०१/ मा आर्थिक सहयोग रकम जम्मा गरी असाहय बालबालिका प्रति सहानुभुति प्रकट गरिदिन आग्रह छ ।

पिडित सोफिया अधिकारीको थप जानकारीको लागी तलको भिडियो हेर्न सक्नुहुनेछ ।