कबि धर्मानन्दको लेख बेलायतबाट चेलीको बाचन मन छुने प्रस्तुती : अदृश्य प्रेम बाचन सहित भिडियो

स्कटनेपाल युके,

अदृश्य प्रेम कविता धर्मानन्द भट्टको शब्द रचनामा लेखिएको बेलायत बाट सिता पौडेलले बाचन गर्नु भएको जानकारी गराउन चाहन्छौ । बेला बेलामा सामाजिक संजाल मार्फत आफ्नो प्रतिभाहरु दर्शकमाझहरु सम्म पुराउने उनको यो जमर्कोलाइ स्कटनेपालले आभार प्रकट गर्दै यो तलको मिठो पौडेलको कविता बाचन भिडियो पस्किन बाध्य भयौ ।

अदृश्य प्रेम (कविता)

तिम्रै याद हजार पल्ट मनमा आयो असाध्यै किन
तिम्रै आत्मपरात्म खोज्छ मन यो वैराग्य भै ढाट्दिनँ ।
देख्दा केवल रात काल सपना साह्रै खुसी हुन्छु म
जो जो रात हुँदैन भेट सपना एक्लै बसी रुन्छु म ।।


थाहा छैन नसोध है भइसक्यौँ माछा म पानी तिमी
साँच्चै जादुछडी भयो मिलन यो आँखा म नानी तिमी ।
औँलाका नङमासुझैँ अझ हुने संकल्प गर्दै छु है
छोडी जन्मथलो त्यहीँ मन छिटै डेरा म सर्दै छु है ।।

टाढा दूरदराज छौ र कसरी छैनौ भनूँ नेत्रमा
मेरो देह यतै र आत्म छ त्यहीँ सेकेन्ड सेकेन्डमा ।
फुल्नू रातदिनौँ तिमी र म टिपी राख्ने छु आफ्नो शिर
त्यस्तो भाग्य छिटै तिमी लिइसक्यौ मान्दै नमान्नू पिर ।।

तिम्रै थेँ पहिलो जुनी बुझिसकेँ पाएनँ ऐले किन
मागेको ऋण फ्याट्ट म्याद सकिँदा मैले नसक्दा दिन ।
ए दीपा, म चुकीसकेँ अब तिमी हेला नगर्नू कति
लागी चोट छ घाइते बुझ तिमी देऊ ल है ओखती ।।

रानी हौ दिलको छँदा यस धरा मर्दा खरानी उही
यो मेरो दिल छानुबाट ममता जाँदैन कैले चुही ।
वर्षाई ममता मभित्र खुसको गङ्गा बगाऊ अब
मान्छे मानवता तथा प्रकृति झन् पारी अचम्मै सब ।।

शब्द ©: धर्मानन्द भट्ट
मिति : २०७५/०६/२२ गते राति ।