यसरी जुटे बेलायतका नेपाली १६ वर्षीया सोफियाको जीवन रक्षामा (भिडियो सहित)

स्कटनेपाल युके,

लण्डन । दुवै मृगौलाले काम गर्न छोडेको २ वर्ष हुंदा समेत आर्थिक अभावका कारण उपचार गराउन नसकेकी मोरंगकी एक किशोरीको सहयोगमा बेलायतका नेपालीहरु जुटेका छन् ।

बेलायतबाट सञ्चालित स्कटनेपाल मिडिया हाउसको पहलमा मोरंग सुन्दर हरैंचाकी १६ वर्षीया सोफिया अधिकारीको उपचारमा सघाउन आर्थिक संकलन थालिएको छ ।
विगत् १६ महिनादेखि भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा अर्थिक अभावका कारण उपचारको पर्खाइमा जीवन र मृत्युसँग लडिरहेकी छिन् सोफिया ।

तुल खत्री र उनकी श्रीमती शारदा खत्री
तुल खत्री र उनकी श्रीमती शारदा खत्री

सोफियाको उपचारको लागि बेलायतस्थित व्यवसायी तुल खत्री र उनकी श्रीमती शारदा खत्रीले ५१ हजार १ सय १ रुपियाको सहयोग गरेका छन् ।
गुल्मी वामी अर्जेवा बाट करिब ११ बर्ष पहिला बेलायत आएका खत्री वेस्ट मिडलेन्डको मिडल्याण्डको बर्मिंघममा रेस्टुरेन्ट सञ्चालन गरिरहेका सामाजिक कार्यहरुमा पनि अग्रसर रहंदै आएका छन् ।

युबा व्यवसायी कृष्ण पौडेल
युबा व्यवसायी कृष्ण पौडेल

त्यस्तै, सोफियाको उपचारको लागि बेलायतस्थित युबा व्यवसायी कृष्ण पौडेलले दुबै मृगौलाले काम नगरी उपचारत सोफिया अधिकारीको उपचार र खर्चिलो मृगौला डायोलेसिसको लागी रु ५०,००० को सहयोग गरेका छन।
बाग्लुङ बाट करिब १३ बर्ष पहिला बेलायत आएका पौडेल वेस्ट मिडलेन्ड को सोलिहुल मा बिभीन्न प्रकार का ब्यबसाय गरी बस्छन। जरुरत मन्द र राम्रो काम गरेका सामाजिक संस्था लाई दशौं लाख को सहयोग गरेका पौडेल ले स्कटनेपालको यो प्रयास निकै नै सर्हानिय बताए।

स्कटल्याण्डका दुई व्यवसायीहरु टिकाराम खराल र सागर भण्डारी
स्कटल्याण्डका दुई व्यवसायीहरु टिकाराम खराल र सागर भण्डारी

त्यस्तै, स्कटल्याण्डका दुई व्यवसायीहरु टिकाराम खराल र सागर भण्डारीले पनि सोफियालाई १ लाख १ रुपिया को सहयोग गरेका छन। सोफिया अधिकारी केबल १६ बर्षकी किशोरी हुन।
गुल्मी जिल्लाको आपचौर र इन्द्रेगौडा बाट करिब १२ बर्ष पहिला बेलायत आएका खराल र भण्डारी स्कटल्याण्डको एडिनबर्गमा परिवार सहित रेस्टुरेन्ट व्यवसाय गरी बस्छन।

स्कटनेपाल मिडियाका निर्देशक टिका अधिकारीले उपचार खर्चको अभावमा एक किशोरी मृत्युको नजिक पुगेको देखेर आफुहरुले सहयोगको पहल गरेको बताए ।

सोमबारसम्म करिब ४ लाख भन्दा बढी रुपिया संकलन भएको तथा सहयोगीहरुले सहयोग गर्ने क्रम जारी रहेको भन्दै अधिकारीले अब केहि दिनभित्रै सहयोग रकम नेपालमा पीडितलाई हस्तान्तरण गरिने योजना सुनाए ।

सोफियाको बाबुआमाको कमजोर आर्थिक अवस्थाका कारण उनको उपचारमा कठिनाई भएको छ ।

‘विगत २ वर्षदेखि मृगौलाको डाइलोसिस गर्दै आएको छौं, हामीसंग भएको सबै गरी अहिलेसम्म २६ लाख रुपिया खर्च गरिसकेका छौं’, सोफियाकी आमा ईन्द्रमायाले भनिन्, ‘सोफियाका बाबा पनि खाडी मुलुकमा हुनुहुन्छ । छोरीलाई बचाउने त भन्नुहुन्छ । तर चाहिने पैसा छैन , कसरी बचाउने भनेर रुनुहुन्छ ।’

पढाईमा अब्बल रहंदै आएकी सोफियाको डान्स टिचर बन्ने रहर थियो ।  ‘तर अहिले अब डान्स गर्न सक्दिन मलाई बचाउनु होस् । म ठुली भएर आमा बाबालाइ पाल्छु भन्छिन्’, आमाले सुनाइन् ।

सोफियाको उपचारमा सहयोग गर्न चाहनुहुने सहयोगदाताहरुले तलको खातामा रकम जम्मा  गरेर सिधै उनलाई सहयोग गर्न सक्नेछन् ।

रामबहादुर राई मुक्तिनाथ विकास बैंक
खाता नं : 03021600233398000001
सोफियाकी आमा इन्द्रमायाको सम्पर्क नम्बर : 00977-9819395274

बेलायतबाट सहयोग गर्न चाहनेहरुले स्कटनेपाल मिडियाका निर्देशक टिका अधिकारीलाई उनको मोबाइल नम्बर 07828905018 मा सम्पर्क गर्न सक्नेछन् ।
बेलायतबाट अहिलेसम्म सहयोग गर्नेहरुको नामावली :

तुल खत्री र उनकी श्रीमती शारदा खत्री रु ५१,१११
कृष्ण पौडेल रु ५०,६७३
सागर भण्डारी र टिका खराल (स्कटल्याण्ड) रु १००,००१
भोजराज खरेल (स्कटल्याण्ड)   १०१ पाउण्ड
गायिका डेसु गोले १०० पाउण्ड
टिका अधिकारी  ७० पाउण्ड
Soho Tavern Family ५१ पाउण्ड
मोहन कार्की (स्कटल्याण्ड)  ५१ पाउण्ड
कोशलेश्वर ढकाल ५० पाउण्ड
काशी शर्मा ४१ पाउण्ड
त्रिपुरारी पौडेल (मधु) ३१ पाउण्ड
भेसु पुन ३१ पाउण्ड
केशव सापकोटा ३१ पाउण्ड
प्रेमलाल घिमिरे ३१ पाउण्ड
तुलक रेग्मी २५ पाउण्ड
शर्मिला पछाई क्षेत्री २५ पाउण्ड
प्रबिन खराल २५ पाउण्ड
खगराज कंडेल २५ पाउण्ड
राजेश लामिछाने २५ पाउण्ड
नारायण ढकाल (स्कटल्याण्ड) २५ पाउण्ड
टंक सापकोटा  (स्कटल्याण्ड) २५ पाउण्ड
लोकनाथ खरेल  (स्कटल्याण्ड) २५ पाउण्ड
ओम लामा (स्कटल्याण्ड) २५ पाउण्ड
लिला थापा  २१ पाउण्ड
नारायण बुढाथोकी  २१ पाउण्ड
मुक्त अधिकारी २१ पाउण्ड
राम अधिकारी २१ पाउण्ड
चन्द्रकान्त सापकोटा २१ पाउण्ड
कमल सापकोटा २१ पाउण्ड
बाबुराम सापकोटा २१ पाउण्ड
विजय डंगोल  (स्कटल्याण्ड) २१ पाउण्ड
बिष्णु बन्जाडे २१ पाउण्ड
सिता खरेल २१ पाउण्ड
दयानिधि सापकोटा २१ पाउण्ड
चन्द्र मैनाली  २१ पाउण्ड
डियन खराल २१ पाउण्ड
सन्तोष श्रेष्ठ २१ पाउण्ड
जयन्ती थापा २१ पाउण्ड
टेक खत्री (जयन्ती) २१ पाउण्ड
राम प्रसाद न्यौपाने २१ पाउण्ड
राजु खत्री २१ पाउण्ड
किशन शर्मा २१ पाउण्ड
मिन खरेल (स्कटल्याण्ड) २१ पाउण्ड
उत्तम खड्का २१ पाउण्ड
नर साहनी २१ पाउण्ड
डिल्ली गैरे २१ पाउण्ड
भोजराज भण्डारी २१ पाउण्ड
अन्जु पाठक २१ पाउण्ड
रामहरी पौड्याल २१ पाउण्ड
टिका भण्डारी २१ पाउण्ड
सुनिता तिवारी २१ पाउण्ड
आशिष पन्थी २१ पाउण्ड
जगन भट्टराई २१ पाउण्ड
गोपाल खराल २१ पाउण्ड
भिम  शर्मा  २१ पाउण्ड
ठाकुर ज्ञवाली २१ पाउण्ड
शिव लाल पौडेल २१ पाउण्ड
यज्ञ खरेल २१ पाउण्ड
गोकर्ण थापा २१ पाउण्ड
सिता पौडेल घिमिरे १५ पाउण्ड
पाण्डव महतो १५ पाउण्ड
प्रकाशमान विश्वकर्मा ११ पाउण्ड
भक्त खत्री २१ पाउण्ड
कृष्ण खरेल २१ पाउण्ड
हरी भट्टराई २१ पाउण्ड
शिव न्यौपाने ( अस्ट्रेलिया ) ५० डलर