बाबा खाडीमा रुनु हुन्छ आमा नेपालमा, म मर्न चाहन्न मलाई बचाउनु होस् ! सोफिया अधिकारी (मार्मिक भिडियो सहित)

स्कटनेपाल युके,

दुवै मृगौलाले काम नगर्ने भएपछि मोरङकी १६ बर्षे बालीका सोफिया अधिकारीको लागी सहयोगको अभियान स्कटनेपाल मिडिया हाउस प्रालीले अगाडी बढाएको छ। मोरङ सुन्दर हरैँचाकी सोह्र वर्षिया वालिका सोफिया अधिकारी उनको दुवै मृगौलाले काम नगर्ने भएको अहिले २ वर्ष भईसक्यो तर उनले सो मृगौला प्रत्यारोपण गर्न सकेकी छैनन्। विगत् १६ महिना अगाडि देखि भक्तपुर स्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा अर्थिक अभावका कारण उपचारको पर्खाइमा जीवन र मृत्युसँग लडिरहेकी छिन ।

२ वर्षदेखि मृगौलाको डाइलोसिसगर्दै आएको छौ, इन्द्र माया अधिकारी पिडितकी आमाले भन्नु भयो। मृगौलाप्रत्यारोपण गर्न आर्थिक अवस्था छैन, उनले भनिन्। अहिले सम्म भएको सम्पति २६ लाख खर्च गरीयो सोफियाका बाबा खाडी मुलुक साउदीमा हुनु हुन्छ, उहा भन्नु हुन्छ छोरीलाइ बचाउने हो तर कसरी भन्दै रुनु हुन्छ । पढाईमा अब्बल आएकी सोफिया डान्स टिचर बन्ने उनको रहर रहेछ तर अहिले अब डान्स गर्न सक्दिन मलाई बचाउनु होस् म ठुली भएर आमा बाबालाइ पाल्छु भन्छिन ।

दूवै मृगौला फेल भएर विगत् सोह्र महिना अगाडि देखि भक्तपुर स्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार गराई रहेकी, मोरङ सुन्दर हरैँचाकी सोह्र वर्षिया वालिका सोफिया अधिकारीलाई सहयोग गर्न चाहनुहुने सहयोगी दाता हरुले यसरी सहयोग गर्न सक्नुहुनेछ!
राम बहादुर राई, मुक्तिनाथ विकास बैंक लिमिटेड! खाता नं 03021600233398000001, सिधा सम्पर्क सोफियाको आमा ईन्द्र मायाँ अधिकारी, मोवाईल नं 00977-9819395274 अभियानता सजना राई, 00977-9817901182 अभियानता कामना प्रसाईं, 00977-9813952952 लाइ सम्पर्क गर्न सक्नुहुनेछ।

भिडियोमा हेर्नुहोस :