अन्तराष्ट्रिय नेपाली कलाकार समाज अष्ट्रेलियाको नयाँँ कार्य समिति

विस्वभरिका नेपाली कलाकार, साहित्यकार तथा कला, साहित्य र संस्कृतिप्रेमीहरुको साझा संस्थाको रूपमा स्थापना गरिएको अन्तराष्ट्रिय नेपाली कलाकार समाजको बिकाश शर्मा पोख्रेलको अध्यक्षतामा अष्ट्रेलिया शाखा पुनर्गठन गरिएको छ । यस्का निबर्तमान अध्यक्ष इस्वर पोखरेललाई सल्लाहकारमा राखिएको छ । राम कृष्ण निरौला अस्ट्रेलिया शाखाका संस्थापक अध्यक्ष हुन ।

डा. रुपक अर्याल र रामचद्र थापालाई संरक्षकमा राखिएको छ भने डा. मणि पनेरू, साउथ अस्ट्रेलियाका लागि अबैतनिक महाबाणिज्यदूत दिपक धमला, एनएसडब्ल्युका लागि अबैतनिक महाबाणिज्यदूत दिपक खड्का, दिपक बिष्ट, राजन घिमिरे, निबर्तमान अध्यक्ष ईश्वर पोख्रेल र भूमा देबी लिम्बू सल्लाहकारका रुपमा छन । बिनोद दाहाल (पर्थ) ग्लोबल प्रतिनिधिका रुपमा छन ।

कार्यसमितिको कार्य बिभाजन अनुसार बिकाश शर्मा पोख्रेल (ऐडिलेड) अध्यक्ष, मनोज अधिकारी (सिड्नी) वरिष्ठ उपाध्यक्ष, मिलन दाहाल (ऐडिलेड) उपाध्यक्ष, नेत्र जङ्ग पाण्डे (ब्रिस्बेन) महासचिव, सन्जिव पराजुली (सिड्नी) प्रबक्ता, रयाम्बो अधिकारी (डार्बिन) सचिव, भगवत नेउपाने (ऐडिलेड) कोषाध्यक्ष, शुसिल चालीसे (मेलबर्न) सहकोषाध्यक्ष, र कार्यकारी सदस्यमा अबुन पान्डे (सिडनी), टिका दाहाल (होबार्ट), अबिनास नेउपाने (मेलबर्न), सरिता ओली (ऐडिलेड), नारायण रिजाल (पर्थ) र किरण पराजुली (ऐडिलेड) छन ।

२०१२ मा पोल्याण्डबाट संस्थागत गरिएको यस्ले हालसम्म विस्वका ६५ देशमा आफ्नो सन्जाल बिस्तार गर्न सफल भएको छ ।

विभिन्न महादेशमा महादेशस्तरीय नृत्य, गायन र साहित्यिक प्रतियोगिताहरु आयोजना गरेर प्रतिभाको पहिचान र सम्मान गर्दै आएको इनासले नेपाली चलचित्रको अन्तराष्ट्रिय प्रवर्द्धन र बजार बिस्तारमा समेत उल्लेख्य कामहरू गर्दै आएको छ ।