अत्यत्तै चर्चामा मधुसुदन बन्जाडेको “दुखि” गित एक चोटी हेर्नुहोस यो भिडियो

काठमाडौं-रहर मानिसलाई एउटा चिजले मात्रै नभएर धेरै चिजमा रमाउन मन लाग्छ । मनोरंजन भित्र गीत, संगीत, चलचित्र लगायत विभिन्न क्षेत्र पर्दछन् । जस्तै म्युजिक भिडियोमा अभिनय गर्नु,गित गाउनु पनी मानिसको एउटा रहर हो । कलाकारहरु बिशेष, मनोरंजन भित्र पर्दछन् । कोही कलाकार थोरै काम र राम्रो गरेर छिट्टै चर्चामा गएका हुन्छन भने कोही धेरै काम गरेपनी चर्चा पाउन सकेका हुदैनन् । चर्चामा जानुसँगै आर्थिक आम्दानी पनी हुन्छ तर कतिपय रहरै रहरले मात्रै पनी यो क्षेत्रमा अगाडी बढेको भेटिन्छ । नेपालि गीतसंगीतमा आफ्नो छुट्टै पहिचान स्थापित गराउन सफल गायक तथा सर्जक मधुसुधन बन्जाडे यतिबेला गितसंगीतकै रफ्तारमा लागेका छन् ।

साझा संगीत प्रा.लिको प्रस्तुतिमा रहेको मधुसुदन बन्जाडेको लोकदोहोरी गित “दुखि” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा दर्जनौ गीतमा आवाज मिसईसकेका गायक बन्जाडेको लय तथा शब्द रहेको छ । मधुसुधन बन्जाडेको एकल आवाज रहेको यस गीतको म्युजिक भिडियोको निर्देशन निर्मल छेत्रीले गरेका हुन् । दिपक गिरीले सम्पादन गरेको यस म्युजिक भिडियोमा पछिल्लो युवा पुस्ताकी युवारानी सृजना रश्मि मगर र तिलक भारतीको दमदार अभिनय रहेको छ । आशा छ यो गीतले गायक मधुसुधन बन्जाडेका बिगतका गित झैँ चर्चा अनि दर्शक स्रोताको माया पाउनेछ ।
हेर्नुहोस भिडियो :