मेलबर्नमा नयाँँ विद्यार्थीलाई बिएमडब्लुद्धारा नि:शुल्क बारिस्टा तालिम

अन्य देशबाट अस्ट्रेलिया आएपस्चात काम खोज्ने क्रममा स्थानिय कामको अनुभबबारे सोध्ने, तर सोको अभावका कारण धेरैले शुरुमा काम पाउन धेरै संघर्ष गर्नुपर्ने समस्या झेल्नुपर्ने वास्तबिकतालाई ध्यानमा राखेर मेलबर्नको बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सीले नयाँँ आउने विद्यार्थीको लागि नि:शुल्क बारिस्टा तालिमको ब्यबस्था गर्ने भएको छ । यो तालिमको प्रशिक्षकको भूमिका न्यू कन्सेप्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत कृष्ण सापकोटाले निर्बाह गर्नु हुनेछ ।

तालिम १२:०० बजेदेखि १४:०० बजेसम्म Bell Street Canteen, Address 399 Bell street Pascoe Vale South 3044 मा उपलब्ध गराइनेछ । यस्का लागि तालिम लिन इच्छुकले बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सीको कार्यालय Suite 218, 530 Little Collins Street, Melbourne मा ९:३० देखि १७:३० को समयमा कुनै पनि दिन गएर आफ्नो नाम दर्ता गर्न सक्नेछ ।

तालिमको दुई भाग हुनेछन । पहिलो सेसन कफी बनाउन र ग्राहकसंग कसरी व्यबहार गर्ने भन्ने बिषयमा केन्द्रित हुनेछ भने दोश्रो सेसन अस्ट्रेलिया आएपछिका अत्याबस्यक जानकारीमूलक कुराहरु जस्तै सार्वजनिक यातायात सिस्टम, बायोडाटा बनाउने र काम खोज्ने तरिका, ब्यक्तिगत सुरक्षा, अस्ट्रेलियन ट्याक्स र आपतकालिन अवस्थाका बारेमा जान्नुपर्ने कुराहरुमा केन्द्रित हुनेछ ।

यो त्यही संस्था हो जस्ले दुई हजार डलर राशीको बिएमडब्लू कप अस्ट्रेलियाको मेलबर्नमा क्रिकेट खेलप्रति खेलाडीहरुलाई प्रोत्साहित गर्ने अभिप्रायले यो बर्षदेखि प्रदान गर्न शुरु गरिसकेको छ ।

बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सी मेलबर्नका निर्देशक बिष्णु सापकोटा आफू शुरुमा अस्ट्रेलिया आउँदा भोग्न परेका समस्या नयाँँ आउनेहरुले भोग्न नपरोस भन्ने भावनाले यो नि:शुल्क तालिमको ब्यबस्था गर्न आफूलाई प्रेरित गरेको बताउनुहुन्छ । सहयोगी भावनाले ओतप्रोत भएर अस्ट्रेलिया जस्तो देशमा आएर पनि आफूले जस्तै नबागन्तुकहरुले दु:ख भोग्न नपरोस भनी यसरी नि:शुल्क तालिमको ब्यबस्था गरेकोमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले बधाई ज्ञापन गर्दै यो बर्षका उत्कृष्ट ५ जना सहभागीलाई Himalayan Experience Travel का तर्फबाट प्रदान गरिने बिशेष भेस्ट प्रदान गरिने जानकारी गराउनु भयो ।

https://www.youtube.com/watch?v=6-2g0ITcWU4

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.