मलेसियाबाट फर्किएर ठेलामा सेकुवा बेचेर मासिक डेढ लाखभन्दा बढी कमाउने यी युवक भिडियो

भक्तपुर.

आजको दिनमा वैदेशिक रोजगारी नेपाली समाजको एक अभिन्न अंगको रुपमा विकास भएको छ । देशको भौगोलिक सिमाना नाघेर विदेश जानु आजको आवश्यकता भन्दा केहि फरक नपर्ला ।

राम्रो शिक्षा, सुदृढ जीवनस्तर र रोजगारीका लागि विदेश जाने नेपालीको संख्या वर्षेनी बढ्दो छ । तर पछिल्ला दिनहरुमा कतिपय युवाहरु विदेश पल्यान भएपछि आफ्नै देशमा पनि केहि गर्न सकिन्छ भने प्रेरणा लिएर स्वदेशमा आएर ठुला देखि साना व्यवसायमा लागि परेका धेरै उदारहणहरु देख्न सकिन्छ।।

यस्तै एक उदारहण बनिरहेका छन् भुवन हुमागाई। उनी मलेशियाबाट फर्किएपछि ठेला गाढामा सेकुवा बेचिरहेका छन्। उनी यो सानो व्यवसायबाट सन्तुष्ट हुनुको साथै आम्दानी पनि सोचेको भन्दा पनि धेरै गरिरहेका छन्। उनी चार वर्ष अघि मलेशिया बसे पनि चित बुझ्दो कमाई गर्न नसकेपछि आफ्नै गाउँ फर्किएर ठेलामा सेकुवा बेच्दै गरेका भुवनले आफूमात्र होइन श्रीमतीलाई पनि काम दिएका छन् । उनलाई श्रीमतीले पनि सघाउछिन। भुवन दम्पतीले मिलेर सेकुवा, आलु स्टिक, स्यभाले ठेलामा

२७ वर्षीय हुमागाई पहिले देखि नै होटेल लाईनमा काम गरेकाले उनलाई गाढा खोल्न निकै सजिलो भयो। दुई महिना अघि थोरै लगानीमा गाढा पसल खोलेका हुमागाईले दैनिक ४, ५ हजार कमाई हुने बताए। उनी भन्छन, ‘मलाई एक पटक मलेशिया गए अब पुग्यो। म आफ्नै देशमा पसिना बगाउँछु।’

हेर्नुहोस भिडियो