संचारकर्मी रामु आचार्यले बजारमा ल्याए राष्ट्रप्रेमले ओतप्रोत गीत (भिडियो)

स्कटनेपाल,

राष्ट्रप्रेमले ओतप्रोत भएको गित “म मेरो देशलाई छातीमा सजाउँछु” को अडियो आज शुक्रबार सार्बजनिक भएको छ । नेपालि क्यानाडियन ट्रकर्स एसोसिएसन क्यानाडाको अध्यक्ष समेत रहनुभएको एन बि टन्डनको निर्माणमा गित बजारमा आएको हो । गीतमा रामु आचार्यको शब्द , पदम थापा मगर र रामु आचार्यको संयुक्त संगीत साथै पदम थापा मगर र अनिता ओलीको स्वर रहेको छ ।

गीतले बिदेशमा रहेर पसिना बगाउने नेपालीको मन छुने मात्र नभएर नेपाली समाजको वास्तविकता समेत झल्काएको निर्माता एन बि टन्डनको भनाई छ । आफुले गाइरहेको भन्दा बिल्कुलै पृथक गित साथमा नेपाली परिवेशको बिषय समेटिएको हुदा यो गित कालजयी बन्ने आशा राखेको गायक पदम थापा मगर बताउनुहुन्छ । त्यस्तै गीतका लेखक रामु आचार्य थप्नुहुन्छ “यो गीतले परदेशीको पिडा साथै घरमा बस्ने सदस्यको मनोविज्ञान दर्साउन खोजिएको कारण यो सिर्जना पक्कै श्रोताको मनमा बस्नेछ” ।
हाल यो गीतको अडियो सार्बजनिक भएकोमा छिट्टै नेपाल तथा क्यानडाका मनोरम दृश्य कैद गरि भिडियो समेत सार्बजनिक गर्ने निर्माण युनिटले जानकारी दिएको छ ।

हेरौ भिडियो