गोसाईंकुण्डमा जय किशन बस्नेत र एलिना रायमाझीको रोमान्स, यस्तो बनेको छ धूम ३ को दोश्रो गीत (भिडियो सहित)

काठमाडौं । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र धूम ३ को दोश्रो गीत सार्वजनिक भएको छ । ओम सुनारको संगीत तथा भानुभक्त ढकालको शब्द तथा संगीतकार सुनार र कबिता श्रेष्ठको आवाजमा रहेको न्यानो लाग्छ प्यारो लाग्छ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

नायक जय किशन बस्नेतकै लेखन, निर्माण तथा निर्देशन रहेको चलचित्र धूम ३ को उक्त भिडियोमा नायक बस्नेतको साथमा नायिका एलिना रायमाझीको अनस्क्रिन रोमान्स देख्न सकिन्छ भने कोरियोग्राफी समेत बस्नेत आफैंले गरेका छन् । उक्त भिडियो नेपालको धार्मिक एवम पर्यटकीय स्थल गोसाईंकुण्डमा खिचिएको छ ।

आफूले हालसम्म निर्माण गरेका चलचित्र मध्ये धूम ३ प्रति अझ बढी दर्शकहरुको साथ रहनेमा आशावादी रहेका जय किशन बस्नेतले नै लेखन, निर्माण तथा निर्देशनको जिम्मेवारी सम्हालेको यस चलचित्रको आज सार्वजनिक भएको गीतको भिडियोको कोरियोग्राफी समेत आफैंले गरेका छन् । यस गीतको शब्द भानुभक्त ढकालले लेखेका हुन् भने संगीत तथा स्वर ओम सुनारको रहेको छ । सुनारलाई कबिता श्रेष्ठले स्वरमा साथ दिएकी छिन् ।

यही अशोज ५ गतेदेखि देशब्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र धूम ३ को न्यानो लाग्छ गीतको भिडियोमा नायक जय किशन बस्नेत र एलिना रायमाझी फिचरिङ्ग छन् । केही हप्ता पहिलेमा मात्र पहिलो गीत तिम्रो हेराईले सार्वजनिक गरिएको थियो भने उक्त गीतको भिडियोले पनि प्रशस्त दर्शक पाई रहेको छ । चलचित्रका छायाँकार जीवन श्रेष्ठ हुन् भने अन्य कलाकारहरुको बारेमा ट्रेलर रिलिजको समयमा मात्र जानकारी गराईंने निर्देशक बस्नेतले बताएका छन् ।

बाँकी हेर्नुहोस् यो भिडियोमा